कामना सेवा विकास बैंकले नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त ब्रोकर कम्पनी शेयरप्रो सेक्युरिटिज प्रा. लि सँग एक सम्झौता गरेको छ । सम्झौता अनुसार बैंकले फाइभ इन वान सेवा सार्वजनिक गरेको छ ।
यस सम्झौता पश्चात बैंकका ग्राहकहरुले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता सि–आस्वा र मेरो सेयर एकै सेवामार्फत प्राप्त गर्न सक्ने जनाएको छ ।
उक्त सेवामार्फत् आफ्ना ग्राहकहरुले सरल रुपमा सेयर कारोबार गर्न सहज बनाउने उद्धेश्य राखेको छ ।
काठमाडौं– ३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न स्थानहरुमा १३५ वटा सञ्जालहरु, २१ शाखा रहित बैंकिङ सेवा तथा ७७ वटा ब्त्ः मार्फत ग्राहकहरुलाई सेवा प्रवाह गरिरहेको छ ।