पशुपति क्षेत्र विकास कोषको विज्ञमा पत्रकार अशोक सिलवाल नियुक्त

पशुपति क्षेत्र विकास कोषको विज्ञमा पत्रकार अशोक सिलवाल नियुक्त

बिहिवार, पुस ५ २०८०
बिहिवार, पुस ५ २०८०
  • images
    images
    पशुपति क्षेत्र विकास कोषको विज्ञमा पत्रकार अशोक सिलवाल नियुक्त

    काठमाडौँ / पत्रकार अशोक सिलवाल पशुपतिमा विज्ञको रूपमा नियुक्त भएका छन् । लाङटाङ सद्भावना दूतसमेत रहेका सिलवाललाई पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले सिलवाललाई विज्ञ नियुक्त गरेको हो । 

    नेपाल सरकारको नीतिअनुसार पशुपतिनाथको महामहिमाबारे अन्तर्राष्ट्रिय प्रचारप्रसार, धार्मिक आध्यात्मिक एवम् साँस्कृतिक धरोहर तथा विशिष्टिकृत अध्ययन केन्द्रको रुपमा पशुपति क्षेत्रको विकास, संरक्षण, सम्वर्धन आदिका लागि सिलवाललाई नियुक्त गरेको कोषले जनाएको छ ।

    “अध्यात्म र आस्थाको महानतम् केन्द्र पशुपतिसँग जोडिएर सकेको योगदान गर्ने अवसर पाउँदा उत्साहित छु,” नेपालको प्रकृति र संस्कृतिका सुन्दर पक्षहरूलाई अनेक भाव र भूमिकामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रचारप्रसारमा सक्रिय सिलवालले भने ।      

    कन्फिडिरेसन अफ एशियन जर्नालिस्ट युनियनका उपाध्यक्ष सिलवाल पर्यटन प्रशिक्षक समेत हुन् । कलम, लेखक दुनिया, श्रीलङ्का स्मृतिलगायतका पुस्तकका लेखक सिलवाल गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपालका सल्लाहकार समेत हुन् । 

    पत्रकारिता र पर्यटनमा सक्रिय सिलवालले २०७२ को विनाशकारी भूकम्पलगत्तै लाङटाङमा पुगेर ‘घर फर्किरहेका मान्छे’ र ‘वेकिङ एन्ड वाकिङ’ शीर्षकमा दुई वृत्तचित्र निर्माण गरेका थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार