माधवकुमार नेपालको प्रतिबेदन एमालेमै रहन चाहन्थ्यौँ, विद्रोह गर्न बाध्य पारियो (राजनितिक प्रतिवेदनको पूर्णपाठ)

माधवकुमार नेपालको प्रतिबेदन एमालेमै रहन चाहन्थ्यौँ, विद्रोह गर्न बाध्य पारियो (राजनितिक प्रतिवेदनको पूर्णपाठ)

सोमवार, असार १७ २०८१
सोमवार, असार १७ २०८१
  • images
    images
    माधवकुमार नेपालको प्रतिबेदन एमालेमै रहन चाहन्थ्यौँ, विद्रोह गर्न बाध्य पारियो (राजनितिक प्रतिवेदनको पूर्णपाठ)

    काठमाडौँ / नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा गर्नको लागि आफूहरुले एमालेसँग विद्रोह गर्नुपरेको दाबी गरेका छन् । 

    पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेस गर्दै गर्दा अध्यक्ष नेपालले यस्तो बताएका हुन् । तर, प्रतिबेदनसँगै उनले आफूहरूको विद्रोह गरेपनि एमालेसँगै रहन चाहेको कुरालाई प्रष्ट्याउँदै एकाताकै पक्षमा रहेको बताएका छन् । विदा्रोहलाई जायज भएको बताउँदै विगतमा पनि कैयन पटक यस्तै विद्रोह गरेर पार्टी र आन्दोलनको रक्षा गरिएको  उनले उल्लेख गरेका छन् । 

    एमाले अध्यक्ष ओलीलाई संकेत गर्दै आफूहरूले पार्टी एकता जोगाउन निरन्तर प्रयत्न गरेको तर, अर्को पक्षले पार्टी फुटाउन हदैसम्म लागि परेको उल्लेख गरेका छन् । पार्टीबाट विद्रोह गर्नैपर्ने स्थिति सिर्जना गरिएको तर्क गर्दै नयाँ पार्टी जन्माउनुको औचित्य पुष्टि गर्न खोजेका छन् ।

    एमालेले जनवादी केन्द्रीयताको मान्यता र जनताको बहुदलीय जनवादले अँगालेको विचारको विविधतालाई स्वीकार एवं अङ्गीकार गर्ने मान्यता, कम्युनिस्ट पार्टी विधि पद्धतिमा चल्नुपर्दछ र उसले राज्य सञ्चालन गर्दा पनि विधि पद्धति अनुसार चल्नु र चलाउनुपर्दछ भन्ने मान्यता तथा कम्युनिस्ट पार्टीमा जनसेवी चरित्र एवं जनपक्षीय आचरण र सभ्य संस्कार हुनुपर्दछ भन्ने मान्यता समेत परित्याग गरेको अध्यक्ष नेपालले भनेका छन् ।

    ‘एमाले नेतृत्व जनताको बहुदलीय जनवादी पनि होइन । एमाले व्यक्तिगत स्वार्थमा केन्द्रित दक्षिणपन्थी अवसरवादीहरूको एउटा झुन्डमा परिणत भएको छ’, नेपालले दस्ताबेजमा भनेका छन्, ‘उपर्युक्त निष्कर्षका साथ हामीले एमालेभित्र रहेको क्रान्तिकारी पङ्क्तिलाई नयाँ ढङ्गले पुनर्गठित गरेर नेपाली कम्युनिस्ट आन्दोलनको रक्षा एवम् विकास गर्दै नेपाली समाजको आमूल परिवर्तनका निम्ति योगदान गर्ने उद्देश्यले विद्रोह गरेका हौँ ।’

    हेनुस् पूर्णपाठ,

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार