images
images

गोल्यान समूहले लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको पाँचतारे होटल निर्माण गर्ने, चार अर्ब लगानी

गोल्यान समूहले लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको पाँचतारे होटल निर्माण गर्ने, चार अर्ब लगानी

बिहिवार, पुस ५ २०८०
बिहिवार, पुस ५ २०८०
  • गोल्यान समूहले लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको पाँचतारे होटल निर्माण गर्ने, चार अर्ब लगानी
    images
    images

    काठमाडौँ / गोल्यान समूहले लुम्बिनीको मायादेवी गाउँपालिकामा चार अर्ब रूपैयाँ लगानीमा अन्तर्राष्ट्रिय स्तरको पाँचतारे होटल निर्माण गर्ने भएको छ । सन् २०२१ देखि काठमाडौँमा पाँचतारे स्टरको ह्यात पेलेस होटल सञ्चालनमा ल्याइसकेको व्यवसायिक घरना गोल्यानले अब बुद्धको जन्मस्थल लुम्बिनीमा वेद होटल सञ्चालनमा ल्याउने भएको हो ।

    वेद ग्रुपको दोस्रो पाँचतारे होटल हो । उच्चस्तरीय मनोरञ्जन र विवाह गन्तव्य (वेडिङ डेस्टिनेसन)को रूपमा उक्त होटलको प्रवद्र्धन गर्ने वेद हस्पिटालिटी प्रा.लि.को योजना छ । सन् २०२७ को जुलाइदेखि सञ्चालन गर्ने लक्ष्य लिइएको उक्त होटलको लागि आवश्यक जग्गा खरिदको काम सकिएको बताइएको छ । 

    उक्त होटलमा ७५ प्रतिशत बैंकको ऋण र बाँकी २५ प्रतिशत स्वपुँजीबाट लगानी जुटाइनेछ । जसमा २ अर्ब ९८ करोड ८० लाख रूपैयाँ ऋण र बाँकी १ अर्ब १ करोड ८० लाख रूपैयाँ स्वपुँजी (इक्विटी) लगानी हुने भएको छ । 

    कूल स्वपुँजीको २० प्रतिशत अर्थात २० करोड ६० लाख रूपैयाँ खर्च भएको होटलले जनाएको छ । कम्पनीले नोभेम्बार २०२३ को अन्त्यसम्ममा १० प्रतिशत इक्विटी लगानी गरेका छन् । होटलले ३ अर्ब रूपैयाँ ऋणको रेटिङ गराएको छ ।

    प्रस्तावित होटलमा २ सय कोठा, स्मिङपुल, कन्फरेन्स हल, ब्याँकेट, स्पा, फुड एन्ड बेभरेजलगायतका अत्याधुनिक सेवाहरू उपलब्ध हुनेछन् । 

    पहिलो चरणमा २ सय अत्याधुनिक कोठाहरूका साथै रेष्टुरेन्ट, स्विमिङ पूल, स्पा, क्यासिनो सञ्चालनमा ल्याउने समूहको योजना छ । प्रिमियम होटलको लागि तीनदेखि चार बर्षसम्म समय लगानी बताइएको छ ।  गोल्यान समुहले नेपालमा होटलका साथै, जलविद्युत, व्यापार, बैङ्किङ, घरजग्गा, बिमा र टेक्सटाइल क्षेत्रमा लगानी गर्दै आएको छ । 

    उक्त होटलको निर्देशक सुरभी गोल्यान रहेकी छिन् भने समूहका अध्यक्ष पवन गोल्यान हुन् ।  होटलको व्यवस्थापन ह्यात इन्टरनेसनल साउथ वेस्ट एसिया लिमिटेड –एचएमए)ले हेर्ने सम्झौता भएको छ । एचएमएको माउ कम्पनी ह्यात होटल्स कर्पोशन हो । होटल ह्यात रिजेन्सी ब्राण्डमा सञ्चालन हुने भएको छ । 

    गोल्यान समूहले सञ्चालनमा ल्याएको सिटी होटलको व्यवस्थापन पनि ह्यातले हेर्दै आएको छ । ह्यातको २० वटा प्रिमियर ब्राण्डका साथै ७६ मुलुकहरूमा १ हजार ३ सय होटल रहेका छन् । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार