काठमाडौँ / इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष लगानीकर्ताको हात खाली बनाएको छ ।
पुस ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
साथै कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण आगामी वार्षिक साधारण सभामा पेस गर्नका लागि नेपाल राष्ट्र बैंकसँग अनुमति लिने निर्णय पनि गरेको छ ।