काठमाडौँ / मध्ये भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले १२औं वर्षिक साधारण सभा पुस २७ गते आयोजना गरेको छ । सभा बिहवा ११ बजे कुण्डलिनी दरबार ब्याक्वेट चण्डोल काठमाडौंमा शुर हुनेछ ।
सभाले गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १७ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा पुस १६ गते सम्म कायम शेयरधनी साधारण सभामा भाग लिन सक्नेछन् ।