images
images

चाडपर्व सकिएसंगै बढ्यो विदेशिने नेपाली, मंसिरमा मात्रै ७१ हजारले छाडे देश !

चाडपर्व सकिएसंगै बढ्यो विदेशिने नेपाली, मंसिरमा मात्रै ७१ हजारले छाडे देश !

बिहिवार, पुस ५ २०८०
बिहिवार, पुस ५ २०८०
  • images
    images
    चाडपर्व सकिएसंगै बढ्यो विदेशिने नेपाली, मंसिरमा मात्रै ७१ हजारले छाडे देश !

    काठमाडौँ / नेपालीहरूको महान चाडपर्व सकिएसंगै वैदेशिक रोजगारमा जानेको संख्या पनि बढेको छ । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक बर्ष २०८०/८१ को मंसिर महिनामा नयाँ र पुनः श्रम स्वीकृति लिएर विदेश जाने नेपालीको संख्या ७१ हजार २७६ पुगेको छ । जुन चालु आ.व.को एक महिनामा विदेशिएका नेपालीको सर्वाधिक संख्या हो । 

    images
    images

    यो गत आर्थिक वर्ष २०७९/८० को यसै महिनाको तुलनामा ३.९५ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको सोहि अवधीमा ६८ हजार ५६४ जना नेपाली विदेशिएका थिए । यस्तै, यस बर्षको असोजमा ५६ हजार २ सय ३५ जना र कात्तिकमा ४३ हजार ६ सय २२ जना मात्रै विदेशिएको तथ्याङ्क छ । 

    यसरी चालु आ.व.को ५ महिनाको तथ्याङ्क हेर्ने हो भने कात्तिक महिना बाहेक अन्य महिनामा राजगारीमा जानेको संख्या बढेको हो । चालु आवको मंसिरमा नयाँ श्रम स्वीकृति मात्र ३६ हजार ८० वटा जारी भएको छ ।

    चालु आर्थिक बर्षको कुन महिनामा कति नेपाली विदेशीए ?

    2.JPG

    स्रोत : वैदेशिक रोजगार विभाग 

    यूएईमा नेपालीको आकर्षण बढ्दै ! 

    वैदेशिक रोजगार विभागका अनुसार मंसिर महिनामा यूनाइटेड अरब इमिरेट्स (यूएई) मा नेपालीको संख्या बढेका देखिन्छ । मंसिरमा १८ हजार ४ सय ९३ जना नेपालीले यूएईका लागि श्रम स्वीकृति लिएका छन् । 

    यस्तै, कतारका लागि १४ हजार १ सय ५२ जनाले श्रम स्वीकृती लिएका छन् भने साउदी अरवमा १३ हजार ९ सय ८३ जनाले श्रम स्वीकृति लिएका छन् । यता, विगतका बर्षहरूमा नेपालीहरूको रोजाइमा परेको देश मलेसियामा भने मंसिरमा ९ हजार ७७५ जना नेपाली गएका छन् ।

    यस्तै कुवेतमा ३ हजार ४५८, कोरियामा १ हजार ८ सय ४३, जापानमा १ हजार ५२८ जना, रुसमा ४० जना, इजरायलमा भने ८५ जन, अष्टे«लियामा ४६ जना र क्यानडामा ४५ जनाले श्रम स्वीकृति लिएका छन् भने अफगानिस्थानका लागि १ सय १३ जना र अष्ट्रियाको लागि २१४ जनाले श्रम स्वीकृति लिएका छन् ।

    कुन जिल्लाबाट कति ? 

    विभागको तथ्याङ्कअनुसार मंसिरमा सबैभन्दा धेरै धनुषाबाट कामदारको रुपमा नेपालीहरू विदेशीएका छन् । मंसिरमा धनुषाबाट मात्रै ३ हजार ६ सय २१ जना नेपाली विदेश गएका हुन् । 

    यस्तै, झापाबाट ३ हजार ३ सय ९७ जना,  मोरङबाट ३ हजार १ सय २ जना, रुपन्देहीबाट २ हजार ३ सय ९ जना, सिराहाबाट २ हजार ७ सय १६ जना र महोत्तरीबाट २ हजार ३८५ जना रोजगारीको खोजीमा बाहिरिएका छन् । 

    त्यसैगरी, सुनसरीबाट २ हजार १९०, तनँहुबाट १ हजार ८८३, सर्लाहीबाट १ हजार ५०९, सप्तरीबाट १ हजार ७८६, बाग्लुङबाट १ हजार ४ सय ५२, पाल्पाबाट १ हजार १८६, कपिलवस्तुबाट १ हजार २७३, मकवानपुरबाट १ हजार २९३ जना, बाराबाट १ हजार १ सय ३९ जना, दाङबाट १ हजार ७५, रौतहटबाट १ हजार ६३ जना र अर्घखाँचीबाट १ हजार ५४, स्याङ्जाबाट १ हजार ५१ जना रोजगारीका लागि बाहिरिएका छन् ।

    १० वर्षमा विदेशिए साढे ५५ लाख

    वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार १० वर्षको अवधिमा रोजगारीको खोजीमा ५५ लाख ७३ हजार ५४७ जना विदेशिएका छन् । यसरी हेर्ने हो भने हरेक बर्ष औसतमा ५ लाखको हाराहारीमा विदेशिएका छन् भने स्वदेश फर्किएको युवाको भने तथ्याङ्क नराखेको विभागले जनाएको छ ।

    मलेसिया, साउदी, कतार, युएई, कुवेत, बहराइनलगायत मुलुक नेपालीहरूका आकर्षक गन्तव्य रहेको तथ्यांकले देखाएको छ । पछिल्लो तथ्यांक हेर्दा आर्थिक वर्ष २०७९÷८० मा युरोपतिर पनि नेपालीहरूको आकर्षण देखिएको छ । साइप्रस, क्रोएसिया, पोल्याण्ड, पर्चुगललगायत युरोपका विभिन्न मुलुकमा ठूलो संख्यामा नेपालीहरू श्रम स्वीकृति लिएर पुग्न थालेका छन् ।  

    कामका लागि कुन आर्थिक वर्ष कति विदेशिए ?

    3.JPG

    स्रोत : वैदेशिक रोजगार विभाग 

    ५१ खर्ब रेमिट्यान्स भित्रियो 

    बितेको १० वर्षमा वैदेशिक रोजगारीमा गएकाहरुबाट नेपालमा ५१ खर्ब ५१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो अवधिमा सबैभन्दा बढी रेमिट्यान्स गत आर्थिक वर्ष भित्रिएको थियो । गत आर्थिक वर्ष २०७९/८० मा १२ खर्ब २० अर्ब रुपैयाँ नेपाल भित्रिएको बोर्डले जनाएको छ । 

    बोर्डका अनुसार आर्थिक वर्ष २०७०/७१ मा ५ खर्ब ४३ अर्ब रुपैयाँ, २०७१/७२ मा ६ खर्ब १७ अर्ब रुपैयाँ, २०७२/७३ मा ६ खर्ब ६५ अर्ब रुपैयाँ, २०७३/७४ मा ६ खर्ब ९५ अर्ब रुपैयाँ, २०७४/७५ मा ७ खर्ब ५५ अर्ब रुपैयाँ, २०७५/७६ मा ८ खर्ब ७९ अर्ब रुपैयाँ, २०७६/७७ मा ८ खर्ब ७५ अर्ब रुपैयाँ, २०७७/७८ मा ९ खर्ब ६१ अर्ब रुपैयाँ र २०७८/७९ मा ९ खर्ब ८६ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ ।

    करिब १० हजारले गुमाए ज्यान ! 

    वैदेशिक रोजगारीका क्रममा भित्रिएको विप्रेषणबाट देशको अर्थतन्त्र चलायमान भए पनि विदेशी भूमिमा ज्यान गुमाएका नेपालीको संख्या डरलाग्दो छ । स्वदेशमा रोजगारीको पर्याप्त अवसर नहुँदा नेपाली युवाले अनाहकमै प्राण त्याग्नु पर्ने तीतो यथार्थ हामीमाझ छ । दश वर्षको अवधिमा रोजगारीमा गएकामध्ये झण्डै १० हजार जनाले ज्यान गुमाएका छन् । 

    आर्थिक बर्ष २०७१/७१ देखि २०७९/८० सम्ममा ९ हजार ६ सय ६९ जनाले रोजगारीको क्रममा विदेशी भूमिमा ज्यान गुमाएका हुन् । यस्तै, अवैध रुपमा विदेशिएर मृत्यु हुने वा बेपत्ता हुनेको तथ्याङ्क भने नरहेको विभागले जनाएको छ । विभागको अनुसार त्यस्ता घटना केवल तिनका परिवारबाहेक कसैलाई पनि थाहा छैन ।

    कुन आर्थिक बर्षमा कति ? 

    आर्थिक बर्ष मृत्तकको संख्या
    २०७०/७१ ८ सय ७६ जना
    २०७१/७२ १ हजार ७ जना
    २०७२/७३ ८ सय १३ जना
    २०७३/७४ ७ सय ५५ जना
    २०७४/७५ ८ सय २२ जना
    २०७५/७६ ७ सय ५३ जना
    २०७६/७७ ६ सय ७२ जना
    २०७७/७८ १ हजार २ सय ४२ जना 
    २०७८/७९ १ हजार ४ सय ७९ जना
    २०७९/८० १ हजार २ सय ४३ जना 

    स्रोत : वैदेशिक रोजगार विभाग 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार