images
images

लन्डनमा अम्बानीले गरे डिज्नीसँग सम्झौता, मनोरञ्जन र मिडिया मार्केटमा प्रभुत्व बढ्ने

लन्डनमा अम्बानीले गरे डिज्नीसँग सम्झौता, मनोरञ्जन र मिडिया मार्केटमा प्रभुत्व बढ्ने

सोमवार, पुस ९ २०८०
सोमवार, पुस ९ २०८०
  • लन्डनमा अम्बानीले गरे डिज्नीसँग सम्झौता, मनोरञ्जन र मिडिया मार्केटमा प्रभुत्व बढ्ने
    images
    images

    एसियाका सबैभन्दा धनी व्यक्ति र भारतको सबैभन्दा ठुला कम्पनीका मालिक मुकेश अम्बानीले एक ठुलो सम्झौता गरेका छन् । उक्त सम्झौतासँगै अब मनोरञ्जन र मिडिया मार्केटमा उनको प्रभुत्व बढ्ने बताइएको छ । 

    अम्बानीको नेतृत्वमा रहेको रिलायन्स इन्डस्ट्रीजले गत साता लन्डनमा वाल्ट डिज्नी कम्पनी (रिलायन्स–डिज्नी डील)सँग गैर–बाध्यकारी सम्झौतामा हस्ताक्षर गरेको छ।

    यो सम्झौताको बारेमा लामो समयदेखि छलफल चलिरहेको थियो। रिलायन्स इन्डस्ट्रिज लिमिटेडले अब ठूलो बाजी मार्ने तयारी गरेको गरेको बताइएको छ । मुकेश अम्बानीको कम्पनीले भारतीय मिडिया र मनोरन्जन बजारमा आफ्नो प्रभुत्व बढाउन अमेरिकी कम्पनी वाल्ट डिज्नी कर्पोरेशनसँग छलफल गरिरहेको छ । 

    अब ईटीको रिपोर्टमा मुकेश अम्बानीको कम्पनीले लन्डनमा यो ठूलो सम्झौता गरेको बताइएको छ । यसले ५१ः४९ स्टक र नगद मर्जरलाई फेब्रुअरी २०२४ सम्ममा अन्तिम रूप दिने अपेक्षा गरिएको छ।

    कमाण्ड अम्बानीको हातमा 

    रिलायन्स इन्डस्ट्रीजले यो सम्झौता जनवरी २०२४ को अन्त्यसम्ममा फाइनल हुने अपेक्षा गरेको छ। रिपोर्टमा यो जानकारी दिइएको छ कि यो सम्झौतापछि, कमाण्ड मुकेश अम्बानीको रिलायन्सको हातमा हुनेछ र कम्तिमा ५१ प्रतिशतको साथ सबैभन्दा ठूलो हिस्सेदारी हुनेछ।

    मर्ज भएको यो कम्पनीमा वाल्ट डिज्नीको ४९ प्रतिशत सेयर हुनेछ । यो सम्झौता गत हप्ता हस्ताक्षर भएको थियो। जिओ सिनेमा पनि यो सम्झौताको एक हिस्सा भएको बताइएको छ । 

    सम्झौता समारोहमा केको थिए उपस्थित ? 

    लन्डनमा भएको यो सम्झौताको क्रममा वाल्ट डिज्नीका पूर्व सीईओ र हाल सल्लाहकारको भूमिका निभाइरहेका केभिन मेयर र मुकेश अम्बानीका निकट मानिने मनोज मोदी पनि उपस्थित थिए। 

    रिपोर्टका अनुसार रिलायन्सको सहायक भायाकम १८ को स्टेप डाउन सब्सिडियरी बनाउने योजना छ । यसलाई स्टक स्वैप मार्फत स्टार इन्डियामा मर्ज गरिनेछ।

    रिलायन्सको बजार पुँजी वृद्धि

    गत साता बीएसईमा सूचीकृत शीर्ष १० कम्पनीमध्ये तीनको बजार पुँजीकरणमा वृद्धि भएको थियो । तीमध्ये रिलायन्स इन्डस्ट्रीजले सबैभन्दा बढी फाइदा उठाएको थियो र रिलायन्स एमक्याप ४७,००० करोडभन्दा बढीले बढेर १७.३५ लाख करोड पुगेको थियो।

    रिलायन्सको सेयरको कुरा गर्दा गत शुक्रबार आरआईएलको शेयर अलिकति गिरावटसँगै २५६१ रुपैयाँमा बन्द भएको थियो । 

    अब मंगलबार रिलायन्स–डिज्नी सम्झौताको असर कम्पनीको शेयरमा देखिन सक्छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार