काठमाडौँ / किसान होल्डिङ लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले आइपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पारितका लागि पुस २८ गते शनिबार वार्षिक साधारण सभा बोलाएको छ । सभा कामनपा वडा नं १ स्थित हेरिटेज प्लाजामा अपरान्ह १ बजेदेखि शुरु हुनेछ ।
कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले आइपीओ निष्काशन गर्ने प्रस्ताव लगायत अन्य विविध प्रस्ताव पारितका लागि सभाको मिति तय गरेको हो ।
सभाले आइपीओ निष्काशन गर्ने प्रस्तावका साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, लेखापरीक्षक नियुक्तिसहितका वित्तीय विवरण अनुमोदन गर्नेछ ।