images
images

नाडाको अध्यक्षमा चौधरीलाई तीन आकांक्षीको समर्थन, चुनाव नहुने पक्का !

नाडाको अध्यक्षमा चौधरीलाई तीन आकांक्षीको समर्थन, चुनाव नहुने पक्का !

बिहिवार, पुस १२ २०८०
बिहिवार, पुस १२ २०८०
  • नाडाको अध्यक्षमा चौधरीलाई तीन आकांक्षीको समर्थन, चुनाव नहुने पक्का !

    काठमाडौँ / नाडाको भावी अध्यक्ष व्यवसायी करण चौधरी नै बन्ने पक्का भएको छ । आकांक्षी आकाश गोल्छा, प्रकाश कपुरी र नवराज डल्लाकोटीको समेत समर्थनमा चौधरी नाडाको सर्वसम्मत अध्यक्ष बन्ने भएका हुन् । अध्यक्षका आकांक्षी  करण चौधरी, आकाश गोल्छा र प्रकाश कपुरीबीच सहमति जुटेपछि त्येही सहमति अनुसार अध्यक्षमा करण र वरिष्ठ उपाध्यक्षमा आकाश हुने तय भएको थियो । 

    images
    images

    पछिल्लो समयमा सो सहमति बिरुद्ध नाडाका पूर्व उपाध्यक्ष डल्लाकोटीले अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेपछि फेरि चुनाबी पक्रियामा जानुपर्ने अवस्था सिर्जना भएको थियो ।  सो घोषणा पछि नाडाको नेतृत्व चयन गर्ने पक्रिया थप जटिल बनेको थियो । तर नाडाका नेतृत्व अहिलेको समयमा चुनाबी प्रक्रियाभन्दा सहमतिमै चयन हुनुपर्छ भन्ने धारण अनुरुप, डल्लाकोटीले पनि चौधरीलाई नै अध्यक्षको  रूपमा समर्थन गरेका हुन् ।  

    सो समर्थन पछि करण चौधरी नै नाडाको अध्यक्ष हुने र सहमतिपछि चुनाव नहुने पक्का भएको छ ।  नाडाको ४७ औँ वार्षिक साधारण सभा सहितको अधिवेशन यहीँ पुस २० र २१ गते काठमाडौँमा हुँदैछ । 

    यसअघि अध्यक्षका आकांक्षी आकाश गोल्छा र प्रकाश कपुरीले चौधरीसँग चुनावी प्रतिस्पर्धा गर्ने तयारी गरेका थिए । तर, नाडाको वर्तमान अध्यक्षसहित पूर्व अध्यक्ष लगायतको कसरतपछि गोल्छा र प्रकाश सहमतिमा आउँदै चौधरीलाई नै अध्यक्ष मान्न तयार भएका थिए । 

    यसपटकको कार्यकालमा चौधरीलाई अध्यक्ष मान्ने र अर्को पटक गोल्छा स्वतः अध्यक्ष हुनेगरी विधान संशोधन गरे वरिष्ठ उपाध्यक्षको व्यवस्था गरेर जाने सहमति भएको बताइएको छ । तर, यस्तो सहमति भएसँगै बिच्किएका डल्लाकोटीले पनि अब चौधरीलाई नै समर्थन गरेका हुन् । 

    डल्लाकोटीको उम्मेदवारी पर्ने भएपछि सहमतिको वातावरण भत्किने र नाडाको नेतृत्व चुनावमा होमिने खतरा बढेपछि अध्यक्षसहित पूर्व अध्यक्षहरू पुनः सहमतिमा जुटेको नाडाका अध्यक्ष ध्रुव थापाले बताए । बिहीबार ललितपुरमा बसेको बैठकले सहमतिको वातावरण बनेको र डल्लाकोटीले चौधरीलाई समर्थन गरेको उनले जानकारी दिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार