images
images

पाँच महिनामा निर्जीवन बीमकले लघुबीमा व्यवसायबाट संकलन गरे ३ करोड प्रिमियम, कुन कम्पनीको कति ?

पाँच महिनामा निर्जीवन बीमकले लघुबीमा व्यवसायबाट संकलन गरे ३ करोड प्रिमियम, कुन कम्पनीको कति ?

मंगलवार, पुस १७ २०८०
मंगलवार, पुस १७ २०८०
  • पाँच महिनामा निर्जीवन बीमकले लघुबीमा व्यवसायबाट संकलन गरे ३ करोड प्रिमियम, कुन कम्पनीको कति ?

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को पाँच महिना (साउनदेखि मंसिर) सम्ममा निर्जीवन बीमा कम्पनीहरुले ३ करोड ६४ लाख रुपैयाँ कुल बीमा शुल्क (प्रिमियम) आर्जन गरेका छन् । 

    images
    images

    नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ५ महिनामा यी कम्पनीहरुले ३ करोड ६४ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका हुन् । मंसिरमसान्तसम्ममा यी कम्पनीहरुले १७ हजार ४८७ वटा बीमा पोलिसी बिक्री गरेका छन् । 

    यस अवधिमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले ८ हजार १३७ वटा बीमा पोलिसी विक्री गरी १ करोड ४० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले ३ हजार ५१ वटा बीमा पोलिसी विक्री गरी १ करोड ३८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

    त्यस्तै, द ओरिएण्टल इन्स्योरेन्स कम्पनीले १२ वटा बीमा पोलिसी विक्री गरी ३० हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । नेशनल इन्स्योरेन्स कम्पनीले ४ वटा बीमा पोलिसी बिक्री गरी १ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । नेको इन्स्योरेन्स कम्पनीले २ हजार ५८७ वटा बीमा पोलिसी बिक्री गरी ५७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

    प्रभु इन्स्योरेन्सले ४२४ वटा बीमा पोलिसी विक्री गरी ९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । शिखर इन्स्योरेन्स कम्पनीले २ हजार ६६४ वटा बीमा पोलिसी विक्री गरी ४ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ ।

    त्यसैगरी एनएलजी इन्स्योरेन्स कम्पनीले ३० वटा बीमा पोपिलसी बिक्री गरी ६४ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले २ वटा बीमा पोलिसी विक्री गरी ६४ हजार रुपैयाँ बमिा शुल्क संकलन गरेको छ । सानिमा जिआइसी इन्स्योरेन्सले १४४ वटा बीमा पोलिसी बिक्री गरी ३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

    सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले २२२ वटा बीमा पोलिसी बिक्री गरी ५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले १३७ वटा बीमा पोलिसी विक्री गरी ३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले ७३ वटा बीमा पोलिसी बिक्री गरी १ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार