images
images

मेटलाइफ इन्स्योरेन्स र फरवार्ड नेपालद्वारा न्यानो कपडा वितरण

मेटलाइफ इन्स्योरेन्स र फरवार्ड नेपालद्वारा न्यानो कपडा वितरण

सोमवार, माघ ७ २०८१
सोमवार, माघ ७ २०८१
  • images
    images
    मेटलाइफ इन्स्योरेन्स र फरवार्ड नेपालद्वारा न्यानो कपडा वितरण
    images
    images

    सुनसरी / मध्यजाडोमा सुनसरीका गरिब, विपन्न नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । गढी गाउँपालिकाका २ सय घर परिवार तथा दुहवी नगरपालिका वडा नं ९ स्थित बिङ्गडी टोलका करिब ७० घर परिवारलाई न्यानो कपडा वितरण गरिएको हो ।

    images
    images

    पछिल्लो केही दिनदेखि तराईमा चलेको शीत लहरसँगै चिसो अत्यधिक बढेपछि मेटलाइफ इन्स्योरेन्सको सहयोगमा ग्रामीण महिला विकास उत्सुकता मञ्च (फरवार्ड)ले न्यानो कपडा वितरण गरेको हो ।

    फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संयोजन गरेको कार्यक्रममा पूर्वमहिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सांसद भगबती चौधरी तथा मेटलाइफ नेपालका प्रतिनिधि निराजन बुढाथोकीले न्यानो कपडा वितरण गरे । 

    कार्यक्रममा बोल्दै सुनसरी क्षेत्र नं. ३ की सांसद भगबती चौधरीले आर्थिक अवस्था कमजोर भएका नागरिकको जिउधनको सुरक्षामा सबैले सहयोग गर्नुपर्ने बताए । 

    सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक व्यवसायिक क्षेत्रले सामाजिक कामहरू गर्दा आर्थिक, सामाजिक रूपमा पछि परेका नागरिकको जीवनस्तर सुधार्न सहयोग पुग्ने सांसद् चौधरीको भनाई छ ।

    News1.JPG

    सांसद चौधरी महिला सशक्तिकरणसँगै आफ्नो निर्वाचन क्षेत्रका गरिब, विपन्न परिवारको आर्थिक उन्नतिको निम्ति विभिन्न कार्यक्रम लिएर बस्ती बस्तीमा गइरहेकी छन् ।

    गतवर्ष पनि यसै समयमा चौधरीले पुस माघको कठ्याङ्ग्रिँदो जाडोबाट एक हजार गरिब, विपन्न नागरिकलाई बचाउन न्यानो कपडा वितरण गरेकी थिइन् ।तराईमा शीतलहरूले जनजीवन कष्टकर बनिरहेको बेलामा न्यानो कपडा वितरणको निम्ति सांसद चौधरीले पहल गरेर कार्यक्रम ल्याएकी हुन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार