काठमाडौँ / नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘एमडीआर.टी’ अचिभर्स अवार्ड,२०२५ भव्यतापूर्वक सम्पन्न गरेको छ । शनिबार द सोल्टी काठमाडौँमा आयोजित सो अवार्ड समारोहमा सन् २०२४ को जनवरीदेखि डिसेम्बर अन्तिम सम्ममा ‘एमडीआरटी २०२५’ का लागि योग्य भएका ९५ जना अभिकर्तालाई सम्मानित गरिएको छ ।
नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी मानिएको नेपाल लाइफ इन्स्योरेन्सले आयोजना गरेको सो कार्यक्रमको उद्घाटन सञ्चालक कमलेश कुमार अग्रवाल, शक्ति कुमार गोल्याण र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तब्य व्यक्त गर्दै कम्पनीका नेसनल सेल्स हेड उमापति पोखरेलले सम्मानित हुने सबैलाई बधाई दिदै आगामी वर्ष झन् बढी संख्यामा एमआरडिटीहरूलाई सम्मान गर्न कम्पनी लालायित रहेको बताए ।
आगामी दिनमा थप उर्जाका साथ बिमालाई नेपालीको घर दैलो सम्म पु-याउन कुनै कसर बाँकी नराखी युद्धस्तरमा सम्पूर्ण अभिकर्ताहरू एक जुट भई लाग्न आग्रह गरे । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले मन्तव्य व्यक्त गर्दै कम्पनीले भव्य कार्यक्रम आयोजना गर्न पाउँदा मन हर्षित भएको उनको भनाइ छ ।
नेपाल लाइफले बीमा बजारको करिब एक तिहाइ हिस्सा ओगटेको र आगामी दिनमा आम नागरिक बीच बीमाको पहुँचलाई विस्तार गर्दै कम्पनीको उपस्थितिलाई झन् बलियो बनाउन आग्रह गरेका छन् ।
पराजुलीले यस कम्पनीको मेरुदण्ड भनेकै अभिकर्ता साथीहरू रहेको साथै उहाँहरूकै अथक मेहनत र परिश्रमका कारण नै नेपाल लाइफ सफल भएको र आगामी दिनमा झन् बलियो र सबल भएर बजारमा प्रस्तुत हुनेमा आफु विश्वस्त रहेको कुरा बताए ।
अभिकर्ताहरूको चौतर्फी विकासका निम्ति कम्पनी संवेदनशील रहेको कुरा समेत प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताए ।
अभिकर्ता भनेको प्रगतिको सहयात्री भएको र सोको महत्त्वलाई मनन गर्दै आम नेपाली नागरिकलाई बीमाको उपयोगिता र औचित्यता प्रकाश पार्न सकिएमा नेपालको बीमा बजारमा प्रचुर सम्भावना रहेको र यसलाई मूर्तता प्रदान गर्न ठोस कार्ययोजना सहित अघि लम्कन आग्रह गरे ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा यस कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालले एमडीआरटी जस्तो अन्तर्राष्ट्रिय संस्थाले तोकेको मापदण्ड पूरा गरी क्वालिफाई हुन सफल भई कार्यक्रममा सामेल भएका अभिकर्ताहरूलाई बधाई तथा आगामी दिनका लागि शुभकामना व्यक्त गरे ।
क्वालिफाइ भएका अभिकर्ताहरूलाई अन्तर्राष्ट्रिय स्तरमा गई एक्स्पोजर लिनुहुन आग्रह गरे । बीमा क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा भएका असल अभ्यासहरूसँग साक्षात्कार हुन यस किसिमको कार्यक्रमले सहयोग गर्नुका साथसाथै नेपालमा पनि बीमा सम्बन्धी नीति निर्माणमा सहयोग पुर्याउने बताए ।
विश्व अर्थतन्त्रमा आएका आर्थिक मन्दीका प्रभाव नेपालमा पनि परेको र यस कठिन समयका बावजुद पनि सफल भएका सबै अभिकर्ताहरूको उनले मुक्तकण्ठले प्रशंसा गरे ।
आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग हरेक क्षेत्रमा बढ्दै गएको र आगामी दिनमा विभिन्न क्षेत्रमा रोजगारीमा कटौती हुने खालको अवस्था सिर्जना भएको तर बीमा अभिकर्ताको काम कहिले पनि विस्थापित नहुने हुँदा उहाँहरू एकदमै सुरक्षित पेशामा रहेको कुरा बताउँदै सो पेशाको गरिमा र महिमालाई ख्याल गर्दै जीवन बीमाको सचेतना आम नागरिकबीच पुर्याउन आग्रह गरे ।
बीमामा रिस्क बेस्ड क्यापिटल तथा अन्य प्रावधानहरूको व्यवस्था भएसँगै चुनौतीहरू थपिएको र यस चुनौतीलाई अवसरमा परिणत गर्न नेपाल लाइफकर्मीहरू अब्बल रहने र सफलताको शिखर चुम्नेमा आफू विश्वस्त रहेको बताए ।
COT हुन सफल भएका माधव भण्डारीले नेपाल लाइफको सहयोग, मार्गदर्शन, उत्प्रेरणाले नै गर्दा COT बन्न सफल भएको र यस यात्रामा सहयोग गर्ने सम्पूर्ण सहयोगी हातहरूलाई धन्यवाद ज्ञापन गरे ।
यस कम्पनीले अभिकर्ताको सिप विकासका निम्ति विभिन्न कार्यक्रम गर्दै आएकोमा मुक्तकण्ठले प्रशंसा गरे र आगामी दिनमा थप परिस्कृत बनाउन व्यवस्थापनलाई सुझाव दिए ।
पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारीले कम्पनीले आयोजना गरेको भव्य र सभ्य कार्यक्रमका लागि कम्पनी व्यवस्थापनलाई धन्यवाद ज्ञापन गर्नुभयो र सम्पूर्ण क्वालिफाइड एमडीआरटीहरूलाई धन्यवाद तथा बधाई ज्ञापन गरे ।
उनले कम्पनीले अभिकर्ता र बीमितको हकहितका लागि चालिरहेको कदमहरूको सराहना गरे र आगामी दिनमा पनि यसै किसिमको साथ सहयोग कम्पनी व्यवस्थापनबाट प्राप्त हुनेमा आफू आश्वस्त रहेको बताए । पेशागत बीमा अभिकर्ता महासंघका महासचिव ओम केसीले गत वर्षको लक्ष्य प्राप्तिका निम्ति सबै अभिकर्तालाई मुरीमुरी धन्यवाद ज्ञापन गरे ।
नेपाल लाइफका अभिकर्ता नेपालकै सबैभन्दा अब्बल र सक्षम अभिकर्ता रहेको बताए । जीवन बीमा क्षेत्रको अग्रणी संस्था नेपाल लाइफको बजार हिस्सा अझ बढाउनका निम्ति र बीमितको विश्वासलाई कायम राखि राख्न नेपाल लाइफका सम्पूर्ण अभिकर्ताहरू प्रतिबद्ध रहेको उनको भनाइ छ ।
कार्यक्रममा समापन मन्तव्य व्यक्त गर्दै कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा आयोजक टिमलाई धन्यवाद ज्ञापन गरे ।
साथै, सहभागी सबै एमडीआरटी क्वालिफायरहरूलाई कार्यक्रम नयाँ कुराहरू सिक्ने अवसर र प्राप्त भएको सम्मानका कारण आगामी दिनहरूमा काम गर्न थप ऊर्जा प्राप्त गर्नुहुने विश्वास व्यक्त गरे । यसैगरी, उनले सम्पूर्ण एमडीआरटी क्वालिफायरहरूलाई सिओटी बन्न र सिओटीलाई टिओटी बन्न शुभकामना व्यक्त गरे ।
नविनतम् प्रविधिको अधिकतम प्रयोग गर्दै कम्पनीले विभिन्न रूपान्तरणकारी कार्यहरू गर्दै आएको र आगामी दिनमा पनि यसको निरन्तरता दिने बताए ।