images
images

११ महिनामा एक करोड बढीले गरे हवाई यात्रा, आन्तरिकतर्फ कति ?

११ महिनामा एक करोड बढीले गरे हवाई यात्रा, आन्तरिकतर्फ कति ?

सन् २०२३ को नोभेम्बरसम्म अन्तर्राष्ट्रिय र आन्तरिक उडानमा गरी एक करोड १९ लाख ४८ हजारले यात्रा गरेका हुन् ।

बुधवार, पुस १८ २०८०
बुधवार, पुस १८ २०८०
  • images
    images
    ११ महिनामा एक करोड बढीले गरे हवाई यात्रा, आन्तरिकतर्फ कति ?

    काठमाडौँ / सन् २०२३ को नोभेम्बरसम्म एक करोड भन्दा बढिले हवाई यात्रा गरेका छन् । 

    images
    images

    ११ महिना अर्थात सन् २०२३ को नोभेम्बरसम्म अन्तर्राष्ट्रिय र आन्तरिक उडानमा गरी एक करोड १९ लाख ४८ हजारले यात्रा गरेका हुन् । 

    नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यसअवधिमा अन्तर्राष्ट्रिय उडानतर्फ तीन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४१ लाख ९४ हजार २९३ जनाले यात्रा गरेका छन्। उनीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमार्फत् यात्रा गरेका हुन्।

    यो संख्या सन् २०२२ को तुलनामा ४१ प्रतिशतले बढी हो। २०२२ मा २९ लाख ४५ हजार ५४० जनाले हवाई यात्रा गरेका थिए। 

    हाल नेपालमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको संख्या ३० रहेको छ। नेपालबाट १६ देशका ३३ वटा अन्तर्राष्ट्रिय गन्तव्यहरूमा नियमित उडान भइरहेको छ।

    त्यस्तै आन्तरिकतर्फ २०२३ को नोभेम्बरसम्म ७७ लाख ९४ हजार २१७ जनाले हवाई यात्रा गरेका छन्। यो संख्या २०२२ को तुलनामा ३७ प्रतिशतले बढी हो। २०२२ मा आन्तरिकतर्फ ५६ लाख ६८ हजार ९१४ जनाले यात्रा गरेका थिए। 

    प्राधिकरणबाट २१ वटा वायुसेवा कम्पनीले सञ्चालन अनुमति पाए पनि हाल १९ वटा कम्पनीले मात्र उडान गरिरहेका छन्। देशभर विमानस्थलको संख्या ५५ पुगेको छ। यसमध्ये ३५ वटा विमानस्थलहरू आन्तरिक हवाई सेवा सञ्चालनमा जोडिएका छन्।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार