images
images

बङ्गलादेशमा छ महिनामै ११ अर्ब डलर रेमिट्यान्स भित्रियो, सबैभन्दा बढी खाडी देशबाट

बङ्गलादेशमा छ महिनामै ११ अर्ब डलर रेमिट्यान्स भित्रियो, सबैभन्दा बढी खाडी देशबाट

बुधवार, पुस १८ २०८०
बुधवार, पुस १८ २०८०
  • बङ्गलादेशमा छ महिनामै ११ अर्ब डलर रेमिट्यान्स भित्रियो, सबैभन्दा बढी खाडी देशबाट

    विदेशमा बसेर काम गर्ने बङ्गलादेशी नागरिकहरूले चालु आर्थिक बर्षको पहिलो छ महिनामै करिव ११ अर्ब अमेरिकी डलर बिप्रेषण (रेमिट्यान्स) पठाएका छन् । चालु बर्षमा गैर आवासीय बङ्गलादेशी नागरिकबाट आउने बिप्रेषणको प्रवाह २.९ प्रतिशतले बढेर १०.७९ अर्ब पुगेको मङ्गलबार बताएका छन् । 

    उनका अनुसार डिसेम्बरमा मात्र एक अर्ब ९९ करोड डलर बिप्रेषण रेकर्ड भएको छ ।  जुन अघिल्लो बर्षको तुलनामा १७ प्रतिशतले बढी हो । गत आर्थिक बर्षमा एक सयभन्दा बढी देशहरूबाट करिव एक करोड बङ्गलादेशी नागरिकहरूले २१ अर्ब ६१ करोड डलर बिप्रेषण पठाएका थिए । 

    बङ्गलादेशका लागि विदेशी मुद्राको प्रमुख स्रोत रेमिट्यान्स हो जहाँ अधिकांश विप्रेषण खाडी देशबाट आउने गर्छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार