images
images

अयोध्यामा नव निर्मित राममन्दिर पाँच मण्डपसहित १६१ फिट अग्लो हुने

अयोध्यामा नव निर्मित राममन्दिर पाँच मण्डपसहित १६१ फिट अग्लो हुने

बिहिवार, पुस १९ २०८०
बिहिवार, पुस १९ २०८०
  • अयोध्यामा नव निर्मित राममन्दिर पाँच मण्डपसहित १६१ फिट अग्लो हुने

    नयाँदिल्ली / अयोध्यामा निर्माणाधीन राम मन्दिरको स्वरूप परम्परागत नगरा शैलीमा रहेको र मन्दिरकोे लम्बाइ ३८० फिट, चौडाइ २५० फिट र उचाइ १६१ फिट रहेको श्री राम जन्मभूमि तीर्थ क्षेत्र कोषले जनाएको छ । 

    images
    images

    मन्दिरहरूमा शिखर शैलीका अग्लो पिरामिड आकारका टावरहरू रहनेछन् भने शिखरमा कलशसहित मन्दिरका स्तम्भ तथा पर्खालहरू मूर्तिकलाले सजिएका छन् ।

    तीन तले मन्दिरमा तीन सय ९२ स्तम्भ तथा ४४ ढोका बनाइएको छ । 

    मन्दिरको सबैभन्दा विशेष स्थान भगवान् श्रीरामको प्रतिमूर्ति राखिने गर्भगृहमा उहाँको बाल्यकालको स्वरूप र पहिलो तल्लामा श्रीराम दरबार रहनेछ ।

    मन्दिरमा नृत्यमण्डप, रङ्गमण्डप, सभा मण्डप, प्रार्थना र कीर्तन मण्डप गरी पाँच मण्डप बनाइएको छ । 

    मन्दिरका स्तम्भ तथा  पर्खालहरू  देवी देवताहरूको मूर्तिहरू सजिएका छन् । सिंहद्वार हुँदै ३२ वटा सिँढी चढेर पूर्वबाट मन्दिर प्रवेश गर्न सकिन्छ । असहजताको सुविधाका लागि  लिफ्ट लगायतकोे व्यवस्था गरिएको छ ।

    सात सय ३२ मिटर लम्बाइ तथा १४ फिट चौडाइ भएको आयताकार पर्खालले मन्दिरलाई घेरेको छ ।  मन्दिर परिसरको चार कुनामा सूर्यदेव, देवी भगवती, गणेश मन्दिरहरू बनाइएको छ ।  उत्तरमा माँता अन्नपूर्णको मन्दिर र दक्षिणमा हनुमान्जीको मन्दिर रहनेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार