नुवाकोटको म्यागङ गाँउपालिका–२ बुङताङका किसान गरबहादुर तामाङको बारीमा लटरम्म सुन्तला फलेको छ । पाखोबारीमा अन्नबालीको उब्जनी राम्रो नभएपछि विकल्पमा उनीसहित यहाँका किसानले सुरु गरेको व्यावसायिक सुन्तला खेतीबाट अहिले यस वडाका किसानले एकै सिजनमा रु एक करोड भन्दाबढीको कारोबार गर्न थालेका छन् ।