images
images

पाँच महिनामा जीवन बीमा कम्पनीले आर्जन गरे ६१ अर्ब ७४ करोड बीमा शुल्क, कुनको कति ? (सुचीसहित)

पाँच महिनामा जीवन बीमा कम्पनीले आर्जन गरे ६१ अर्ब ७४ करोड बीमा शुल्क, कुनको कति ? (सुचीसहित)

शुक्रवार, पुस २० २०८०
शुक्रवार, पुस २० २०८०
  • पाँच महिनामा जीवन बीमा कम्पनीले आर्जन गरे ६१ अर्ब ७४ करोड बीमा शुल्क, कुनको कति ? (सुचीसहित)

    काठमाडौँ / चालु आर्थिक वर्ष २०८०/८१ को पाँच महिना (साउनदेखि मंसिरसम्म) मा जीवन बीमा कम्पनीहरुले साढे ६१ अर्ब रुपैयाँ भन्दा बढि कुल बीमा शुल्क आर्जन गरेका छन् । 

    images
    images

    नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरूले मंसिर महिनासम्ममा ६१ अर्ब ७४ करोड ७१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् । ५ महिनामा यी बीमा कम्पनीहरूले १ करोड ३७ लाख ५४ हजार ४८३ वटा बीमा पोलिसी बिक्री गरेका छन् । 

    नेपाल लाइफको सबैभन्दा धेरै

    मंसिरसम्ममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले यस अवधिसम्ममा १६ अर्ब ७६ करोड ०८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । 

    सन नेपाल लाइफको सबैभन्दा कम

    ५ महिनासम्मको अवधीमा सन नेपाल लाइफले सबैभन्दा कम बीमा शुल्क आर्जन गरेको छ । यस अवधिसम्ममा कमपनीले १ अर्ब ४४ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको हो । 

    अन्य कुन कम्पनीको कति ?

    नेपाल लाइफ पछि सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्नेमा नेशनल लाइफ रहेको छ । यस कम्पनीले ५ महिनाको अवधिमा ७ अर्ब १६ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । 

    यस्तै, तेस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले यस अवधिमा ६ अर्ब ९२करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । भने, हिमालयन लाइफले ६ अर्ब ७९ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । 

    यता, राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ५२ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । सूर्यज्योति लाइफले ३ अर्ब ४५ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । एशियन लाइफले ३ अर्ब २ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

    त्यसैगरी सानिमा रिलायन्स लाइफले २ अर्ब ३६ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । सिटिजन लाइफले २ अर्ब २३ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । मेट लाइफले २ अर्ब १९ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । 

    प्रभु महालक्ष्मी लाइफले १ अर्ब ६७ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।आइएमई लाइफले १ अर्ब ६३ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । रिलायबल नेपाल लाइफले १ अर्ब ५३ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । 

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार