images
images

गण्डकी प्रदेशमा निक्षेप संकलन र कर्जा लगानी दुवै बढ्यो, कुन क्षेत्रमा कति ?

गण्डकी प्रदेशमा निक्षेप संकलन र कर्जा लगानी दुवै बढ्यो, कुन क्षेत्रमा कति ?

आइतवार, पुस २२ २०८०
आइतवार, पुस २२ २०८०
  • गण्डकी प्रदेशमा निक्षेप संकलन र कर्जा लगानी दुवै बढ्यो, कुन क्षेत्रमा कति ?

    काठमाडौँ / गण्डकी प्रदेशमा निक्षेप संकलन र कर्जा लगानी दुवै बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गण्डकी प्रदेशको आर्थिक वर्ष २०७९/८०को प्रदेशस्तरीय आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले निक्षेप संकलन १९.३ प्रतिशत र कर्जा लगानी ०.४ प्रतिशतले वृद्धि भएको देखाएको हो । 

    images
    images

    प्रतिवेदनअनुसार २०७९ असार मसान्तको तुलनामा २०८० असार मसान्तमा गण्डकी प्रदेशमा निक्षेप संकलन १९.३ प्रतिशतले वृद्धि भई ४ खर्ब ७४ अर्ब ९० करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कुल निक्षेप ८.१ प्रतिशतले वृद्धि भएको थियो।

    त्यसैगरी समीक्षा अवधिमा कुल कर्जा लगानी ०.४ प्रतिशतले वृद्धि भई ३ खर्ब ५५ अर्ब १५ करोड रुपैयाँ पुगेको छ। जसमध्ये कृषि क्षेत्रमा ३१ अर्ब ४५ करोड रुपैयाँ, औद्योगिक क्षेत्रमा ३७ अर्ब ४८ करोड रुपैयाँ, सेवा क्षेत्रमा १ खर्ब ११ अर्ब ९० करोड रुपैयाँ र अन्य क्षेत्रमा (रियल स्टेट, शिक्षा, उपभोग लगायतका अन्य क्षेत्रमा) खर्ब ७१ अर्ब ८४ करोड रुपैयाँ प्रवाह भएको छ।

    प्रतिवेदनका अनुसार २०८० असार मसान्तमा निक्षेपकर्ताहरुको संख्या १२.३८ प्रतिशतले वृद्धि भई ५६ लाख ६९ हजार ४ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा २१.१ प्रतिशतले वृद्धि भएको थियो।

    निक्षेप तथा कर्जाको विवरण (रु. अर्बमा) 

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार