काठमाडौँ / नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले ‘विन्टर फ्री सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ ।
कम्पनीले जाडो मौसममा गाडी सुरक्षित राख्न तीन दिनसम्म अर्थात आउँदो पुस २४ देखि २६ गतेसम्म ‘विन्टर फ्री सर्भिस क्याम्प’को आयोजना गर्ने भएको हो ।
जाडो मौसमले सवारी साधनमा नराम्रो प्रभाव पार्नसक्ने भएकोले, हामीले यसमा ध्यान पुर्याउन अत्यन्त जरुरी हुन्छ, सुजुकी ग्राहकलाई यो बिषयमा जानकारी गराउन र उहाँहरूको गाडीलाई राम्रो अवस्थामा राखिराख्न सो क्याम्प सञ्चालन हुन लागेको कम्पनीले जनाएको छ ।
सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर पाउनको साथै ग्राहकहरूले लक्की ड्रमार्फत वर्षभरीको लागि पाट्र्स र कन्जुमेबल्स सहितको सर्भिस प्याकेज पनि जित्नु सक्नुहुनेछ ।
सर्भिस क्याम्पमा ग्राहकले निःशुल्क एसीर हिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउनुहुनेछ । त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा उहाँहरूले ५० प्रतिशत छुट पाउनुहुनेछ, पाट्र्स र एसोसरिजमा १० प्रतिशत छुट पाउनुहुनेछ भने लेवर चार्जमा पनि २० प्रतिशत छुट पाउनुहुनेछ ।
सुजुकीको विन्टर सर्भिस क्याम्प नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ । ५४ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल छ ।