images
images

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले होटल शारामा २५ प्रतिशतसम्म छुट पाउने

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले होटल शारामा २५ प्रतिशतसम्म छुट पाउने

मंगलवार, पुस २४ २०८०
मंगलवार, पुस २४ २०८०
  • सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले होटल शारामा २५ प्रतिशतसम्म छुट पाउने

    काठमाडौँ / सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र होटल शारा प्रा. लि बिच सम्झौता भएको छ । 

    images
    images

    बैंक र होटल शाराबिच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई बिभिन्न किसिमका आवाश तथा रेष्टुरेन्ट सम्बन्धी सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको हो । 

    सम्झौता पत्रमा बैंकको तर्फबाट पोखरा क्लस्टर प्रमुख रेवन्त श्रेष्ठ र होटल शाराका तर्फबाट उक्त कम्पनीका कार्यकारी निर्देशक पृथ्वी सुुवेदीले हस्ताक्षर गरेका छन् ।

    सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले होटल शारामा खाना,सौना र स्पा तथा पेय पदार्थमा १० प्रतिशत तथा आवाशमा २५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । साथै भोजका निम्ति हलहरुमा १५ प्रतिशत छुट सम्म दिइएको छ ।

    यस सम्झौताले बैंकमा कार्यरत कर्मचारीहरु तथा ग्राहक महानुभावहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार