images
images

नेपाल ल्यूव आयलको ३२ औं वार्षिक साधारण सभा सम्पन्न, ३० प्रतिशत लाभांश पारित

नेपाल ल्यूव आयलको ३२ औं वार्षिक साधारण सभा सम्पन्न, ३० प्रतिशत लाभांश पारित

बुधवार, पुस २५ २०८०
बुधवार, पुस २५ २०८०
  • नेपाल ल्यूव आयलको ३२ औं वार्षिक साधारण सभा सम्पन्न, ३० प्रतिशत लाभांश पारित

    काठमाडौँ / नेपाल ल्यूव आयलको ३२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

    images
    images

    कम्पनीको वार्षिक साधारण सभाबाट ३० प्रतिशत लाभांश (२५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

    हाल देशभरी नै फैलिरहेको आर्थिक मन्दीले सबै व्यापारिक क्षेत्र अस्थिर र अन्योल अवस्थाबाट गुज्रिरहेको छ । यो स्थितिमा पनि कम्पनीले अघिल्लो वर्षझैँ लाभांश पारित गरेकोमा सेयरधनीहरुले खुल्ला प्रशंसा गरेको कम्पनीले बताएको छ ।

    उक्त सभामा अध्यक्ष अरुण कुमार चौधरी तथा सञ्चालक समिति, कम्पनी सचिव, लेखा परिक्षक, व्यवस्थापक समूह र अन्य सेयर धनीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा ७८.४ प्रतिशत सहभागी उपस्थित रहेको थियो ।

    बैठकलाई सम्बोधन गर्दै अध्यक्ष अरुण कुमार चौधरीले भने, ‘देश र बजारको हालको अवस्था निकै नै गम्भीर छ यसमा सबै सरोकारवालाको ध्यान केन्द्रित हुन जरुरी छ र संस्थाको रुपमा हामीले पनि बजारलाई पोजिटिभ तिर मोड्न आफ्नो भूमिका निर्बाहा गर्नुपर्छ । नेपाल ल्युब आयल लिमिटेड यहि विचारधारामा आगाडी बढीरहेको छ र रहने छ । व्यवस्थापन र अन्य टोली सदस्यहरू यसमा प्रतिबद्ध छन् ।’

    नेपाल ल्युब आयलले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा नेपालमै गल्फ लुब्रिकेन्ट उत्पादन गर्नुका साथै बिक्रीरवितरण समेत गर्दछ । गल्फ अन्तर्राष्ट्रिय लुब्रिकेन्ट ब्राण्ड हो । गल्फ लूब्रिकेन्टस् नेपालमा मूख्य रुपमा रुचाईएको प्रतिष्ठित र धेरै बजार क्षेत्र ओगटन सफल ब्राण्डको रुपमा चिनिन्छ । गल्फ ब्राण्डका उत्पादनहरुको विविधताले सवै अटोमोबाईल र मेशिनरीहरुलाई समेटन सक्ने गरि व्यापक क्षेत्रमा फैलन सफल रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार