images
images

बैङ्कर्स सङ्घको नेतृत्व गरेका पौडेललाई अब सिबिफिनको जिम्मेवारी, गोल्यानले दिए राजीनामा

बैङ्कर्स सङ्घको नेतृत्व गरेका पौडेललाई अब सिबिफिनको जिम्मेवारी, गोल्यानले दिए राजीनामा

बिहिवार, पुस २६ २०८०
बिहिवार, पुस २६ २०८०
  • बैङ्कर्स सङ्घको नेतृत्व गरेका पौडेललाई अब सिबिफिनको जिम्मेवारी, गोल्यानले दिए राजीनामा

    काठमाडौँ / बैङ्कका सञ्चालकहरूको सङ्गठन बैङ्क तथा वित्तीय संस्था परिसङ्घ, नेपालको अध्यक्षमा उपेन्द्र पौडेल चयन भएका छन् । पुस २५ गते बसेको सिबिफिनको १५औँ बैठकले पवनकुमार गोल्यानले अध्यक्ष पदबाट दिएको राजीनामा स्वीकृत गर्दै पौडेललाई अध्यक्षमा चयन गरेको हो । 

    images
    images

    निवर्तमान अध्यक्ष गोल्यानको राजीनामासँगै रिक्त हुन आएको अध्यक्ष पदमा परिसङ्घको वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा बसेको कार्यसमितिको १५ आँै बैठकले नबिल बैङ्कका अध्यक्ष तथा सिबिफिनको कार्यसमिति सदस्य उपेन्द्र पौडेललाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो ।

    अध्यक्षमा सर्वसम्मत भएका पौडेल विगत तीन दशकदेखि बैङ्किङ क्षेत्रमा क्रियाशील छन् । सन् १९८६ मा स्ट्यान्डर्ड चार्टर्ड बैङ्कबाट बैङ्किङ सेवामा प्रवेश गरेका पौडेल एनएमबि बैङ्कको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा समेत थिए । त्यतिबेला उनी  प्रमुख कार्यकारी अधिकृतहरूको सङ्गठन बैङ्कर्स सङ्घको अध्यक्ष पनि भएका थिए। एनएमबि बैङ्कको प्रमुख कार्यकारी अधिकृतबाट अवकाश लिए पश्चात उनी नबिल बैङ्कको सञ्चालक हुँदै हाल अध्यक्षको जिम्मेवारीमा छन् ।

    त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका अध्यक्ष पौडेल आर्थिक, सामाजिक र वातावरणीय क्षेत्रको दिगो विकासमा काम गर्ने विश्वभर रहेका बैङ्क तथा बैंकिङ संस्थाको स्वतन्त्र सञ्जाल Global Alloance for Banking on Values (GABV) को सन् २०१८ देखि एसिया प्यासिफिक क्षेत्रीय प्रतिनिधिको जिम्मेवारीमा समेत छन् । 

    सन् २०१४ देखि नोभेम्बर २०१६ सम्म नेपाल बैङ्कर्स एसोसिएसनको अध्यक्ष रहेका पौडेल सन् २०२२ देखि Management Association of Nepal (MAN) को समेत अध्यक्ष हुन् । 

    त्यसैगरी अध्यक्ष पौडेलले डिसेम्बर २०१० देखि मार्च २०१७ सम्म European Economic Chamber of Commerce (EEC) को कोषाध्यक्ष तथा जुलाई २०१५ देखि अगस्ट २०१९ सम्म नेपाल बैंकिङ इन्टिच्युटको बोर्ड सदस्यको जिम्मेवारी समेत सफलतापूर्वक निर्वाह गरेका थिए ।

    “बैंकिङसहित राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरका विविध क्षेत्रमा उहाँले हासिल गर्नुभएको बृहत्तर ज्ञान, अनुभव तथा दुरदर्शी नेतृत्व क्षमताबाट सिबिफिनले नयाँ उचाइँ प्राप्त गर्नुका साथै आर्थिक एवं बैंकिङ क्षेत्रमा देखिएका वर्तमान चुनौतीहरुको न्यूनिकरण र समग्र अर्थतन्त्रको सबलीकरणमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ,” सिफिनद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

    एनएमबि बैङ्कको आसन्न साधारण सभाबाट बैङ्कको सञ्चालक समितिबाट अलग हुन गइरहेको पूर्वजानकारीसहित संस्थाको विधानको भावना र मर्मलाई आत्मसाथ गर्दै पदीय आचरण र नैतिकताका आधारमा गोल्यानले अध्यक्ष पदबाट राजीनामा दिएका थिए । 

    निवर्तमान अध्यक्ष गोल्यानकै विशेष अगुवाईमा २०७६ सालमा स्थापित सिबिफिनको उनी संस्थापक अध्यक्षसमेत हुन् । सिबिफिनको तदर्थ समितिको गठनदेखि हालसम्म उदाहरणीय नेतृत्व गर्दै आएका गोल्यानको चारवर्षे कार्यकालमा सिबिफिनले आफूलाई देशभित्र मात्र नभई अन्तर्राष्ट्रिय समुदायमा समेत स्थापित गर्न सफल भएको बताइएको छ ।

    निवर्तमान अध्यक्ष गोल्यानको मार्गनिर्देशनमा अगाडि बढेको सिबिफिनले आर्थिक एवं बैङ्किङ क्षेत्रमा खेलेको भूमिका र योगदानका आधारमा प्रवल जनसेवाश्री जस्तो राष्ट्रिय पदकबाट समेत विभूषित भइसकेको छ ।

    नेपालको बैंकिङ क्षेत्रमा दुई दशकभन्दा लामो अवधिदेखि निरन्तर क्रियाशील हुँदै आएका गोल्यानको नेपालको बैङ्किङ क्षेत्रको विकास एवं विस्तारमा समेत अतुलनीय योगदान रहेको छ । 

    राष्ट्रिय आवश्यकता र आमजनताको अपेक्षाबमोजिम स्वदेशी उत्पाकत्व अभिवृद्धि, उपयोग एवं निर्यात, उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार, रोजगारी, नवप्रवर्तनको विकास, घरेलु, साना तथा मझौला उद्यमी तथा व्यवसायको पुनरुत्थानसहित राष्ट्रिय अर्थतन्त्रलाई सवल, सुदृढ र आत्मनिर्भर उन्मुख बनाउन गोल्यानले अहम् भूमिका समेत निर्वाह गर्दै आएका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार