images
images

महालक्ष्मी विकास बैङ्कको २२औँ साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

महालक्ष्मी विकास बैङ्कको २२औँ साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

शनिवार, पुस २८ २०८०
शनिवार, पुस २८ २०८०
  • महालक्ष्मी विकास बैङ्कको २२औँ साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

    काठमाडौँ / महालक्ष्मी विकास बैङ्क लिमिटेडको २२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । ‘सबल बैङ्क, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा २९ वर्ष देखि अनवरत रूपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्र्दै आएको महालक्ष्मी विकास बैङ्कको साधारण सभा बैङ्क सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा पुस २८ गते शनिबार लैनचौर ब्याङ्केट, नेपाल स्काउट कम्पाउन्ड, लैनचौर, काठमाडाँैमा सम्पन्न भएको हो । 

    सो अवसरमा आ.व. २०७९/८० को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित भएको छ । बैङ्कको लेखापरीक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तको वासलात, आ.व. २०७९/८० को नाफा नोक्सानको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरू छलफल गरी स्वीकृत भएका छन् ।

    यसैगरी वार्षिक साधारण सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफा रकमबाट शेयरधनीहरूलाई हाल कायम रहेको चुक्ता पूँजीको ६.४० प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर सहित) वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । 

    उक्त साधारण सभाले विदेशी बैङ्क तथा वित्तीय संस्थालाई रणनीतिक साझेदार÷लगानी कर्ताको रूपमा भित्र्याउने प्रस्ताव पारित गरेको छ । सभाले आ.व. २०८०/८१ मा बैङ्कको लेखापरिक्षण गर्न जे. बि. राजभण्डारी एण्ड डिविन्स चाटर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ती तथा निजको पारिश्रमिक अनुमोदन गरेको छ । साथै सभाले बैङ्कको प्रबन्धपत्र र नियमावलीका दफा तथा नियममा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ । 

    सभाका अध्यक्ष उपाध्यायले शेयरधनीहरूबाट प्राप्त सल्लाह सुझावलाई शिरोधार्य गर्दै बैङ्कले ग्राहकहरूको सन्तुष्टि एवं लगानीको उचित प्रतिफल प्रदान गर्न बैङ्कका क्रियाकलापहरूलाई विशिष्टीकरण गर्दै अझ बढि सक्षमताका साथ गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रण गर्नुका साथै आगामी दिनमा थप प्रगति हासिल गर्न जस्तोसुकै प्रतिकुल परिस्थितिको पनि सामना गर्न सक्ने तयारी गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे । 

    साथै उनले शेयरधनी तथा बैङ्कसँग सम्बन्धित सम्पूर्ण सरोकार पक्षहरूले पु-र्याउनु भएको सहयोगको लागि धन्यवाद प्रकट गर्दै यस्तै सहयोग तथा सदासयता निरन्तर प्राप्त हुने आशा प्रकट गरे ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार