images
images

आजको मौसम तराईमा बाक्लो हुस्सु र कुहिरो र उच्च हिमाली क्षेत्रमा हिमपात हुने

आजको मौसम तराईमा बाक्लो हुस्सु र कुहिरो र उच्च हिमाली क्षेत्रमा हिमपात हुने

आइतवार, पुस २९ २०८०
आइतवार, पुस २९ २०८०
  • आजको मौसम तराईमा बाक्लो हुस्सु र कुहिरो र उच्च हिमाली क्षेत्रमा हिमपात हुने

    जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा हाल नेपालमा पश्चिमी वायुको आशिक प्रभाव परेको छ।
     
    देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।  तराईका अधिकांश स्थानहरूमा हुस्सु्  कुहिरो लागेको विभागले जनाएको छ।

    अधिकांश स्थानहरूमा हुस्सु कुहिरो लाग्ने भएकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने जनाएको छ । 

    कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको हुँदा त्यसबाट हुन सक्ने असरका साथै चिसोबाटसमेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन भनेको छ । 
    आज आइतबारको मौसम 

    दिउँसोः कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । 

    रातीः  कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

     भोलि माघ सोमबारको मौसम 

    दिउँसोः देशको पहाडी भू–भागमा आंशिक देखी सामान्य बदली रही बाँकी  भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। गण्डकी ,कोशी र बाग्मती प्रदेशका पहाडी भू–भागका एक(दुई स्थानमा हल्का वर्षा तथा देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ

    रातीः  देशको पहाडी भू–भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। गण्डकी ,कोशी र बाग्मती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको संभाबना रहेको छ। कोशि र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै  स्थानहरुमा र बाग्मति, कर्णालि र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुइ स्थानमा  हल्का हिमपातको सम्भावना रहेको छ।

     मंगलबारको मौसम 

    दिउँसो– देशको पहाडी भू–भागमा आंशिकदेखी सामान्य बदली रही बाँकी भू–भागमा मौसम आंशिक देखी मुख्यतया सफा रहनेछ।देशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको संभाबना रहेको छ। कोशि र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै  स्थानहरुमा र बाग्मति, कर्णालि र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुइ स्थानमा  हल्का हिमपातको सम्भावना रहेको छ।

    रातीः  देशको पहाडी भू–भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू–भागमा मौसम आंशिक देखी मुख्यतया सफा रहनेछ।कोशी,गण्डकि र कर्णालि  प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको संभाबना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुइ स्थानमा  हल्का हिमपातको सम्भावना रहेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार