images
images

यसरी राख्नुहोस् आँखालाई सुरक्षित, ४० बर्षपछि चस्मा लगाउनै पर्दैन

यसरी राख्नुहोस् आँखालाई सुरक्षित, ४० बर्षपछि चस्मा लगाउनै पर्दैन

बुधवार, माघ ३ २०८०
बुधवार, माघ ३ २०८०
  • यसरी राख्नुहोस् आँखालाई सुरक्षित, ४० बर्षपछि चस्मा लगाउनै पर्दैन

    उमेर बढ्दै जाँदा हाम्रो शरीरमा विभिन्न परिवर्तनहरू देखा पर्छन् जसमा आँखाको स्वास्थ्य पनि समावेश हुन्छ। उमेर बढ्दै जाँदा आँखाको स्वास्थ्यमा ध्यान दिनु अति आवश्यक हुन्छ। खासगरी ४० वर्षको उमेरमा प्रवेश गरेपछ आँखाको स्वास्थ्यमा नराम्रो असर पर्ने भएकाले हामीले आँखाको विशेष ख्याल गर्नुपर्छ ।

    images
    images

    त्यसैले यदि तपाईं पनि ४० वर्षको उमेरमा प्रवेश गर्दै हुनुहुन्छ र आफ्नो आँखालाई स्वस्थ राख्न चाहनुहुन्छ भने केही कुरामा ध्यान दिन जरुरी छ । यहाँ आँखालाई स्वस्थ राख्न र दृष्टि समस्याबाट बच्ने केही टिप्सहरू उल्लेख गरिएको छ ।

    आँखाको परीक्षण : ४० वर्षको उमेरपछि आँखाको स्वास्थ्य कायम राख्न समय समयमा आँखा जाँच गराउनु आवश्यक छ। यसले गर्दा भविष्यमा आँखामा हुने कुनै पनि समस्या समयमै थाहा हुन्छ र त्यसबाट बच्न सकिन्छ । 

    पौष्टिक तत्त्वयुक्त आहार : आहारमा एन्टिअक्सिडेन्ट, भिटामिन र मिनरल्स समावेश गर्नुहोस्। यी खानेकुरा तपाईंको समग्र स्वास्थ्यका साथै आँखाका लागि पनि फाइदाजनक मानिन्छन्। भिटामिन सी, हरियो सागसब्जी र माछा, पालक, सुन्तला जस्ता फलफूलहरू समावेश गर्नुहोस्। 

    हाइड्रेटेड रहनुहोस् : आँखा र समग्र स्वास्थ्यको लागि पर्याप्त मात्रामा पानी पिउनुहोस्। पर्याप्त मात्रामा पानी पिउनाले आँखा सुख्खा हुने समस्याको समाधान हुन्छ जसले आँखालाई आराम दिन्छ।

    धुम्रपान त्याग्नुहोस् : धेरै रोगहरूको मुख्य कारण धुम्रपान हो। यसले विशेष गरी आँखाको स्वास्थ्यमा नराम्रो असर गर्छ। यसले मोतियाबिन्दु, आँखाको नशामा क्षति, दृष्टि गुम्ने र अन्धोपनको समस्या बढाउँछ।

    स्क्रिन टाइम व्यवस्थापन : लामो समयसम्म स्क्रिनमा हेरिरहँदा पनि आँखाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। स्क्रिन टाइम घटाउँदा प्रत्येक घण्टापछि २० मिनेटको ब्रेक लिनुहोस्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार