काठमाडौँ / यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ ४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
कम्पनीले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट कुल १०.८०१३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १०.२६१२ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.५४०१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीको उक्त प्रस्तावित लाभांश बीमा प्राधिरकणबाट स्वीकृती भएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।