images
images

विकास बैङ्कहरूको त्रैमासिक रिपोर्टमा निष्क्रिय कर्जाको असर, ८ ओटा बैङ्कमध्ये तीन ओटाको मात्रै बढ्यो नाफा

विकास बैङ्कहरूको त्रैमासिक रिपोर्टमा निष्क्रिय कर्जाको असर, ८ ओटा बैङ्कमध्ये तीन ओटाको मात्रै बढ्यो नाफा

बुधवार, माघ १० २०८०
बुधवार, माघ १० २०८०
  • विकास बैङ्कहरूको त्रैमासिक रिपोर्टमा निष्क्रिय कर्जाको असर, ८ ओटा बैङ्कमध्ये तीन ओटाको मात्रै बढ्यो नाफा

    काठमाडौँ / बैङ्क तथा वित्तीय संस्थाहरूमा आर्थिक मन्दीको प्रभाव देखिएको छ । बैङ्कहरूले प्रकाशित गरेको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार विकास बैङ्कहरूको नाफा १२.३५ प्रतिशतले घटेको देखिन्छ । 

    images
    images

    चालू आवको ६ महिनाको वित्तिय विवरण अनुसार विकास बैङ्कको कारोबारमा चुस्तता नआउँदा, प्रवाह भएका कर्जाको सावाँ तथा ब्याज नउठ्दा खराब कर्जाको आकार बढेको देखिन्छ भने नाफामा गिरावट आएको छ । राष्ट्रिय स्तरको विकास बैङ्कको पुस मसान्तसम्मको विवरण अनुसार सञ्चालनमा रहेका ८ विकास बैङ्कहरूमध्ये ३ ओटा बैङ्कको मात्रै नाफा बढेको छ भने ५ ओटा बैङ्कको घटेको छ । 

    समीक्षा अवधिमा विकास बैङ्कहरूले कुल २ अर्ब २५ करोड ३९ लाख ९७ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । गत आवको सोही अवधिमा विकास बैङ्कहरूको नाफा २ अर्ब ५३ करोड २३ लाख ६३ हजार रुपैयाँ रहेको थियो । 

    गरिमा विकास बैङ्कको नाफा सर्वाधिक

    समीक्षा अवधिमा गरिमा विकास बैङ्कले सर्वाधिक बढी ५१ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । त्यस्तै, गरिमापछि धेरै नाफा कमाउनेमा मुक्तिनाथ विकास बैङ्क रहेको छ । गत बर्ष दोस्रो त्रैमासमा सर्वाधिक बढी नाफा कमाएको यो बैङ्कको नाफा यस बर्ष भने ३२.९३ प्रतिशतले घट्दै ४२ करोड रुपैयाँमा सीमित भएको हो ।

    data.jpg

    सबैभन्दा धेरै नाफा कमाएको गरिमाको भने यस बर्ष नाफा रकम २.०८ प्रतिशतले बढेको छ । तेस्रो स्थानमा भने साइन रेसुङ्गा डेलभपमेन्ट बैङ्क रहेको छ । यो बैङ्कले गत आवको तुलनामा १५.७५ प्रतिशत कम ३७ करोड १२ लाख रुपैयाँ नाफा कमाएको हो । त्यस्तै, सबैभन्दा कम नाफा कमाउनेमा सांग्रिला डेभलमपेन्ट बैङ्क रहेको छ । समीक्षा अवधिमा यो बैङ्कले १० करोड रुपैयाँ नाफा कमाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार