काठमाडौँ / लक्ष्मी सन्राइज बैङ्कले आधुनिक बैङ्किङ्ग आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले विशुद्ध डिजिटल बैङ्किङ्ग सेवा OrangeNXT को थालनी गरेको छ । एफवान सफ्ट अन्तर्गतको FoneNXT सँगको सहकार्यमा सुरु गरिएको यो सेवा नेपाली डिजिटल बैङ्किङ्गको परिदृश्यको रूपान्तरणमा एक महत्वपूर्ण कदम रहेको छ ।
इचबलनभल्ह्त्ले मोबाईल बैङ्किङ्ग एपको माध्यमबाट सहज र पूर्ण डिजिटल अनुभव प्रदान गर्दै खाता खोल्नेदेखि लिएर मुद्दती खाता, गोल–बेस्ड डिपोजिट जस्ता वित्तीय व्यवस्थापनका उन्नत सुविधाहरू प्रदान गर्नेछ ।
ग्राहकहरुको बदलिँदो आवश्यकता अनुकुल बैङ्किङ्ग सेवा दिने लक्ष्मी सनराइज बैङ्कको प्रतिबद्धतालाई यो पहलले टेवा पुर्याउनेछ । बैङ्कका प्रमुख कार्यकारी अधिकृतका अनुसार नेपालको डिजिटल बैङ्किङ्गको परिदृश्यको रूपान्तरणमा OrangeNXT कोशेढुङ्गा साबित हुन सक्छ ।
परम्परागत मोबाईल बैङ्किङ्ग सेवालाई समेत समानन्तर रूपमा विकास गर्दै, OrangeNXT मार्फत बैङ्किङ्ग सेवा नपुगेका र विशेष गरी डिजिटल प्रविधिमैत्री युवा तथा विदेशमा रहेका ग्राहकहरुलाई प्रभावकारी बैङ्किङ्ग सेवा प्रदान गरिनेछ ।
FoneNXT का प्रमुख कार्यकारी अधिकृत सनत कुमार पौडेलका अनुसार छिटो र प्रभावकारी बैङ्किङ्ग प्रदान गर्ने मूलभुत उद्देश्यले OrangeNXT को विकास गरिएको हो । परिकल्पनात्मक सोचबाट प्रेरित यस OrangeNXT ले बैङ्किङ्ग अनुभवलाई आमूल परिवर्तन ल्याउदैँ ग्राहकहरुको अपेक्षाहरु पूरा गर्ने उनको विश्वास रहेको छ ।
अभुतपूर्व यात्रामा आफ्नो विशिष्ट फिन टेक दक्षताको माध्यमबाट OrangeNXT को सेवालाई थप उचाई दिने FoneNXT को रणनैतिक सहभागिताको बैङ्कले धन्यवादसमेत ज्ञापन गरेको छ ।