चर्चित समाचार
  • नेप्सेमा लगातार गिरावट : तीन अर्ब ७६ करोडको कारोबार रकम, कस्ले कति गुमाए ?

    नेप्सेमा लगातार गिरावट : तीन अर्ब ७६ करोडको कारोबार रकम, कस्ले कति गुमाए ?

    बिहिवार, माघ ११ २०८०
    बिहिवार, माघ ११ २०८०
  • नेप्सेमा लगातार गिरावट : तीन अर्ब ७६ करोडको कारोबार रकम, कस्ले कति गुमाए ?

    काठमाडौँ / यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक निरन्तर ओरालो लागेको छ । 

    सातामा कारोबारको पाँचौँ दिन आज नेप्से परिसूचक तीन दशमलव ९४ अङ्कले घटेर दुई हजार ८४ दशमलव ०९ को बिन्दुमा कायम भएको हो । आइतबारयता नेप्से परिसूचक निरन्तर घटिरहेको छ ।

    आज तीन सय चार कम्पनीको एक करोड १६ लाख ८९ हजार नौ सय ५५ कित्ता सेयर ९१ हजार तीन सय ६४ पटकको खरिद बिक्री हुँदा रु तीन अर्ब ७६ करोड ४५ लाख पाँच हजार चार सय ५० बराबरको कारोबार भएको छ । आजको कारोबारमा ९१ कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा एक सय ४१ कम्पनीको सेयर मूल्य घटेको छ ।

    सामलिङ पावर कम्पनी लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै नौ दशमलव ९९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने सिटिजन्स म्युचुअल फण्ड–२ को सेयर मूल्य पाँच दशमलव ०३ प्रतिशतले घटेको छ ।

    बिहीबार सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स कम्पनीको कारोबार भएको छ ।  यो कम्पनीको रु २८ करोड ६७ लाखबराबरको कारोबार भएको हो । कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने ङ्यादी ग्रुप पावर लिमिटेडको पाँच लाख ९९ हजार सात सय ६१ कित्ता सेयर किनबेच भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार