images
images

धरहरामा आजदेखि निःशुल्क पार्किङ गर्न सकिने

धरहरामा आजदेखि निःशुल्क पार्किङ गर्न सकिने

आइतवार, माघ १४ २०८०
आइतवार, माघ १४ २०८०
  • धरहरामा आजदेखि निःशुल्क पार्किङ गर्न सकिने

    काठमाडौँ / आज आइतबारदेखि धरहरामा निःशुल्क पार्किङको व्यवस्था मिलाएको छ । काठमाडौँ महानगरपालिकाले आजदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध हुने भएको हो । 

    images
    images

    धरहरासँगै निर्माण गरिएको भवनको पहिलो तलामा पार्किङको व्यवस्था भएको महानगरपालिकाले जनाएको छ ।

    काठमाडौँ महानगरले न्युरोडमा कालोपत्रे सडकमाथि पार्किङ निषेध गरेको थियो । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले  धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा निःशुल्क पार्किङको व्यवस्था मिलाइएको बताए । 

    यसअघि काठमाडौँ टावर (साबिक पुरानो बसपार्क)मा निःशुल्क पार्किङको व्यवस्था मिलाएको उनको भनाइ छ । ५० हजार स्क्वायर फिट क्षेत्रफल निःशुल्क पार्किङका लागि उपलब्ध हुने उनको भनाइ छ ।

    सहिद गेटबाट नयाँ सडक जाँदा गएको दसैँदेखि छठ पर्वसम्मको अवधिमा वडा कार्यालयले साझेदार र स्थानीय क्लबहरुसँगको सहकार्यमा निःशुल्क पार्किङ सेवा दिएको थियो ।  संरचनागत रुपमा, यो ठाउँ नेपालकै ठूलो पार्किङ संरचना हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार