काठमाडौँ / सामुदायिक कलेजमा नामाङ्कित युवाहरूका लागि रोजगारीको खाडललाई पूर्ति गर्न सफलतापूर्वक रोजगार मेला सम्पन्न भएको छ । क्यारियर कनेक्शन, गैर-नाफामुखी संस्थाद्वारा व्यवस्थापन गरिएको एक नविन पहलका लागि सो मेला जीपी कोईराला मेमोरियल कलेजको साझेदारीमा सम्पन्न भएको हो ।
उक्त कार्यक्रमले विभिन्न उद्योग क्षेत्रका २१ कम्पनीहरूको सहभागिता सुनिश्चित गर्दै आर्थिक रूपमा विपन्न युवाहरूका लागि दिगो रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्य लिएको थियो ।
रोजगार मेलाले प्रविष्टि-स्तरदेखि वरिष्ठ पदसम्म, इन्टर्नसिप र प्रशिक्षण कार्यक्रमका अवसरहरू प्रस्तुत गर्दै एक महत्त्वपूर्ण कोशेढुङ्गा स्थापित गर्यो । सहभागी कम्पनीहरूले आईटी, उत्पादन, ई-कमर्स, मार्केटिङ र गैर-सरकारी क्षेत्रहरू प्रतिनिधित्व गरेका थिए ।
उक्त मेलामा मेटलाइफ र यसेप नेपालजस्ता उल्लेखनीय संस्थाहरूले सहभागीहरूलाई प्रशिक्षण छात्रवृत्ति र सीप विकासका अवसरहरू प्रदान गरे भने क्यारियर कोच नेपालले रोजगारी क्षमता बढाउन करियर परामर्श र सल्लाह उपलब्ध गराइएको थियो ।
आइटी कम्पनीहरू : नक्सा प्रालि, मेन्टरलाब, आर्कबो टेक्नोलोजिज, वेद प्रालि, क्लासिक टेक प्रालि, सिन्याप्स टेक्नोलोजिज
उत्पादन क्षेत्र : लक्ष्मी ग्रुप नेपाल, हाइलाइफ फुड्स, सम्सारा क्रिएशन
गैर-सरकारी संस्था : टिच फर नेपाल, हेलम्बु एजुकेशन एन्ड लाइभलिहुड पार्टनरसिप
ई-कमर्स : फुडमान्डु, जोबिजी
मार्केटिङ र सेवा : गोल्डेन रेसियो, सजिलो सेवा, सिल्भर माउन्टेन स्कूल अफ होटल म्यानेजमेन्ट
८५ भन्दा बढी युवाहरू, विशेष गरी सामुदायिक कलेजका विद्यार्थीहरूको सहभागितामा सम्पन्न भएको उक्त मेलाले उनीहरूलाई प्रत्यक्ष रूपमा सम्भावित नियोक्ताहरूसँग अन्तर्क्रिया गर्ने विशिष्ट मञ्च प्रदान गर्यो ।
यो पहल आर्थिक रूपमा कमजोर पृष्ठभूमिका विद्यार्थीहरूलाई व्यापक प्रशिक्षण र रोजगारीका अवसरहरू प्रदान गरेर सशक्त बनाउनको लागि व्यापक दृष्टिकोणको एक हिस्सा हो।
“कलेज प्रमुखको रूपमा, म धेरै खुशी छु कि यो कार्यक्रम हाम्रो कलेजमा आयोजना गरियो र हाम्रा विद्यार्थीहरूलाई फाइदा पुग्यो,” जीपी कोईराला मेमोरियल कलेजका प्रमुख शिवप्रसाद अधिकारीले भने, “यसले मलाई यस्तो महसुस गरायो कि अब नेपाल सरकारले शिक्षा नीति र पाठ्यक्रमलाई रोजगारीका आवश्यकताहरू र रोजगारदातासँगको परामर्श अनुसार बनाउनु पर्छ।”
निजी क्षेत्र र गैर-नाफामुखी संस्थाहरूबीचको सहकार्यले रोजगार चुनौतीहरूको समाधान गर्नका लागि सहकार्यको शक्तिलाई प्रमाणित गर्यो ।