images
images

एडिडासको एक्सचेन्ज अफर सार्वजनिक, जुनसुकै ब्राण्डको पुरानो जुत्ता साटिने

एडिडासको एक्सचेन्ज अफर सार्वजनिक, जुनसुकै ब्राण्डको पुरानो जुत्ता साटिने

सोमवार, पुस ८ २०८१
सोमवार, पुस ८ २०८१
  • एडिडासको एक्सचेन्ज अफर सार्वजनिक, जुनसुकै ब्राण्डको पुरानो जुत्ता साटिने
    images
    images

    काठमाडौँ / एडिडासको नेपालका लागि आधिकारिक बिक्रेता रुट्स फेसन प्रालिले सामाजिक उत्तरदायित्व अन्र्तगत एक्सचेन्ज अफर सार्वजनिक गरेको छ । कम्पनीले तीन वटा सामाजिक संस्थासँग सहकार्य गर्दै वल्ड सुज एक्सचेन्ज (पुरानो जुत्ता दिएर नयाँ जुत्तामा छुटको अफर) घोषणा गरेको हो । 

    जसअन्र्तगत १२ हजार ९ सय ९० रुपैयाँसम्मका जुत्तामा ३ हजार छुट, १२ हजार ९ सय ९० रुपैयाँदेखि २२ हजार ९ सय ९० रुपैयाँसम्म पर्ने जुत्तामा ४ हजार ५ सय छुट, २२ हजार ९ सय ९० भन्दा माथिको जुत्तामा ७ हजार ५ सय छुट दिने घोषणा गरेको छ । 

    सो योजनाअन्र्तगत राजधानीमा रहेको एडिडासको आधिकारिक सो रूपमा यो अफर लागू हुने कम्पनीले जनाएको छ । जुनसुकै ब्राण्डको पुरानो जुत्ता ल्याएर अफरमा सहभागी बन्न पनि कम्पनीले आग्रह गरेको छ । 
     
    यसरी सङ्कलन भएको पूराना जुत्ता तथा नगद ती तीन वटा सामाजिक संस्थालाई प्रदान गर्ने पनि संस्थाले जनाएको छ । यो योजना डिसेम्वर २५ देखि २०२५ जनवरी २४ सम्म सञ्चालन हुने छ ।  

    सामाजिक उत्तर दायित्वलाई आफ्नो मूल मर्म बनाउँदै आएको सो कम्पनीले बिगतमा पनि बिभिन्न सामाजिक संस्थासँग सहकार्य गर्दै साहारा बिहीनहरूका लागि थोरै मात्रामा भए पनि हातेमालो गर्दै आएको थियो । 

    सिएनएन हिरो अनुराधा कोइराला, अल्ट्रा धावक हरिबहादुर रोकायाले सञ्चालन गरेको अभियानमा समेत हातेमालो गर्दै आएको थियो । यस पटक पनि कम्पनीले तीन वटा सामाजिक संस्थालाई सहयोग गर्ने उद्देश्य लिएको छ । 

    यस रुट्स फेसन प्रालि अन्र्तगत एडिडासको नेपालका लागि आधिकारिक बिक्रेताको रूपमा काम गर्दै आएको छ । कम्पनीले दरवारमार्ग, जावलाखेल, न्युरोड, सिभिल मल, सिटी सेन्टर एडिडासको आउललेट सञ्चालन गर्दै आएको छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार