images
images

‘भरतपुर ब्राण्ड’ स्थापित गर्न भरतपुर भ्रमण वर्ष २०२४ को आयोजना : प्रमुख रेनु दाहाल

‘भरतपुर ब्राण्ड’ स्थापित गर्न भरतपुर भ्रमण वर्ष २०२४ को आयोजना : प्रमुख रेनु दाहाल

सोमवार, माघ १५ २०८०
सोमवार, माघ १५ २०८०
  • ‘भरतपुर ब्राण्ड’ स्थापित गर्न भरतपुर भ्रमण वर्ष २०२४ को आयोजना : प्रमुख रेनु दाहाल

    चितवन / भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ‘भरतपुर ब्राण्ड’ स्थापित गर्न भरतपुर भ्रमण वर्ष २०२४ को आयोजना गरिएको बताइन् । 

    images
    images

    होटल व्यवसायीसँग सोमबार भरतपुर भ्रमण वर्ष २०२४ को विषयमा आयोजना गरिएको छलफलमा प्रमुख दाहालले भरतपुरलाई पर्यटकीय गन्तव्यका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा स्थापित गर्न भ्रमण वर्ष आयोजना गरिएको स्पष्ट पारिन् । 

    “भरतपुरमा अहिले पनि पर्यटक आइरहनु भएको छ,” उनले भने, “भरतपुरलाई विश्वसामु चिनाउन उत्सवको रूपमा यो कार्यक्रम गर्न लागिएको हो । भरतपुर नेपालको प्रमुख पर्यटकीय गन्तव्य हो भनी विश्वलाई सन्देश दिने कार्य हुँदैछ ।” 

    यसका लागि महानगरपालिकाले भ्रमण वर्षको एप, ब्रुसर, स्टिकर,बुकलेट, भिडियो सामाग्री, विभिन्न स्थानमा म्याप बोर्ड राख्ने तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशिष्ठ व्यक्तित्व, संघ, संस्था, व्यवसायीलाई निम्तो बाड्ने काम गरिसकेको छ ।

    भरतपुर भ्रमण वर्षका लागि निर्माण भएका पर्यटकीय पूर्वाधारले भरतपुरवासीलाई प्रत्यक्ष, अप्रत्यक्ष लाभ पुग्ने प्रमुख दाहालले बताइन् । 

    भ्रमण वर्षका लागि भरतपुर ६ देव नगरमा निर्माण गरिएको ‘ओपन जु’ सन् २०२४ मा मात्र नभई सधैका लागि प्रत्यक्ष रूपमा बाघ हेर्ने स्थल हुने उनको भनाइ छ । ऐतिहासिक दियालो बंगला भ्रमण वर्षपछि पनि सधै खुला रहने भएकाले यो भरतपुरको उत्कृष्ट पर्यटकीय गन्तव्य हुन सक्ने प्रमुख दाहालले बताइन् ।

    महानगरपालिकाको अथक मिहिनेतपछि यो दुई महत्वपूर्ण पर्यटकीय गन्तव्यहरू निर्माण र खुला गर्न सकिएको प्रमुख दाहालले जानकारी दिइन् । 

    दियालो बंगलाको स्तर उन्नतिको लागि ठेक्का आह्वान भई सकेको र भ्रमण वर्षको १० दिन अगाडि पछाडि खुला हुने गरी काम अघि बढेको उनले बताइन् ।

    भरतपुरमा जीप सफारी, जङ्गल सफारी, डुङ्गा सफारी, प्याराग्लाडिङ, मौलाकालिका केवलकारजस्ता धेरै पर्यटकीय गतिविधि गर्न सकिने भएकाले भरतपुर नेपालको प्रमुख पर्यटकीय गन्तव्य बन्ने दिशामा अगाडि बढेको उनले बताइन् ।

    भ्रमण वर्षको अवधिमा भरतपुरमा धेरै वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरू आयोजना हुँदा ठुलो सङ्ख्यामा पर्यटक यहाँ आउने भएकाले पहुनालाई उत्कृष्ट सत्कार गर्न होटल व्यवसायीको भूमिका महत्त्वपूर्ण हुने प्रमुख दाहालले बताइन् । 

    भ्रमण वर्षको एक वर्षको अवधिमा यहाँ आउने पाहुनालाई विषेश छुटसहितको प्याकेज घोषणा गर्न प्रमुख दाहालले अनुरोध गरिन् । यसको निर्क्यौल छिटो दिएको खण्डमा अहिलेबाटै प्रचारप्रसार गर्न सजिलो हुने धाराणा राखिन् । 

    सबैको सहयोगबाट मात्रै भ्रमण वर्ष सफल हुने भन्दै प्रमुख दाहालले भरतपुरले भ्रमण वर्ष आयोजना गरेको भए पनि सम्पूर्ण निजी क्षेत्रका व्यवसायी, चितवनवासी, जिल्लाका सम्पूर्ण पालिकाको रहेको स्पष्ट पारिन् । 

    कार्यक्रममा होटल व्यवसायीहरूले भ्रमण वर्षको अवसरमा विषेश प्याकेज ल्याउन सकारात्मक रहेको बताए । उनीहरूले अहिले १५ प्रतिशत छुटको व्यवस्था रहेको भए पनि भ्रमण वर्षलाई लक्ष्ति गरी विषेश अफर ल्याउने उल्लेख गरे ।

    भरतपुर भ्रमण वर्षमा धेरै भन्दा धेरै पर्यटक भरतपुर ल्याउन नेपालका ट्राभल एजेन्सीसँग अबको केही दिनमै छलफल गर्ने महानगरपालिकाको तयारी छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार