images
images

सांग्रिला डेभलपमेन्ट बैंकले माग्यो विभिन्न पदमा कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

सांग्रिला डेभलपमेन्ट बैंकले माग्यो विभिन्न पदमा कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

मंगलवार, माघ १६ २०८०
मंगलवार, माघ १६ २०८०
  • सांग्रिला डेभलपमेन्ट बैंकले माग्यो विभिन्न पदमा कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

    काठमाडौँ / सांग्रिला डेभलपमेन्ट बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न ११ वटा पदमा कर्मचारी माग गरेको हो ।  

    images
    images

    बैंकले हेड रिकभरी एण्ड एनपीए म्यानेजमेन्ट, हेड रिकोन्सीलियसन युनिट,रिकभरी/कलेक्सन अफिसर,अप्रेसन रिक्स अफिसर,क्रेडिट रिभ्युअर,रिकभरीरकलेक्सन असिस्टेन्ट,सब क्ल्स्टर हेड,क्रेडिट रिभ्युअर (असिस्टेन्ट), ब्रान्च म्यानेजर,असिस्टेन्ट ब्रान्च म्यानेजर र रिलेसनशिप अफिसररम्याजेनर पदका लागि कर्मचारी माग गरेको हो ।  

    बैंकले केन्द्रीय कार्यालय, पोखरा, बुटवल, नारायणगढ र दाङ लगायतका स्थानको शाखा कार्यालयहरुका लागि दरखास्त आह्वान खुलाएको हो ।  

    म्याजेनर  स्तरको पदका लागि कम्तीमा ७ वर्षको बैंकिङ अनुभव,अफिसर स्तरका लागि ५ वर्षको अनुभव र असिस्टेन्ट पदका लागि ३ वर्षको बैंकिङ अनुभव हुनुपर्ने बैंकले जनाएको छ ।  

    म्यानेजर स्तरका लागि इच्छुक आवेदनकको उमेर ४५ वर्षभन्दा कम, अफिसर स्तरका लागि ४० वर्षभन्दा कम र असिस्टेन्ट स्तरका लागि ३५ वर्षभन्दा कम उमेर भएको हुनुपर्नेछ ।  

    इच्छुक तथा मापदण्ड पुगेका आवेदकले बैंकको आधिकारीक वेवसाइटमा गएर दिइएका निर्देशन परिपूर्ती गरेर आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम दिन माघ २४ रहेको छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार