images
images

रंगुन खोला हाइड्रोपावरको बार्षिक साधारण सभा फागुन ९ गते, आइपीओ निष्काशन प्रस्ताव पारित गरिने

रंगुन खोला हाइड्रोपावरको बार्षिक साधारण सभा फागुन ९ गते, आइपीओ निष्काशन प्रस्ताव पारित गरिने

मंगलवार, माघ १६ २०८०
मंगलवार, माघ १६ २०८०
  • रंगुन खोला हाइड्रोपावरको बार्षिक साधारण सभा फागुन ९ गते, आइपीओ निष्काशन प्रस्ताव पारित गरिने

    काठमाडौँ / रंगुन खोला हाइड्रोपावर लिमिटेडले आगामी फागुन ९ गते वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने प्रस्ताव सहित साधारण सभा बोलाएको हो ।

    images
    images

    सभा कम्पनीको रजिष्टर्ड कार्यालय, सुकेधारा, काठमाडौंमा बिहान ११ बजे शुरु हुने कम्पनीले जनाएको छ । सभाले आइपीओ निष्काशनका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव पारित गर्नेछ ।

    साथै सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

    सभाले सञ्चालक समिति गठन र स्वतन्त्र सञ्चालकको निर्वाचन लगायतका विभिन्न प्रस्ताव पारित गर्ने जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार