काठमाडौँ / बाँसबारी छाला जुत्ता कारखानाको जग्गा घोटाला प्रकरणमा पक्राउ पर्नेको संख्या तीन पुगेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उक्त प्रकरणमा हालसम्म तीन जनालाई प्रकाउ गरेको जनाएको छ ।
प्रकाउ पर्नेमा आम्रपाली कन्ट्रक्सनका सञ्जय ठाकुर, अरुण चौधरी र अजित नारायणसिंह थापा रहेका छन् ।
ठाकुर बाँसबारी छाला जुत्ता कारखानाको सञ्चालक समितिको अध्यक्ष रहेको र जग्गा घोटालामा संलग्नता पाइएपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ । ठाकुरको स्थायी ठेगाना महोत्तरी भएको बताइएको छ ।
यस्तै, सोही प्रकरणमा प्रकाउ परेका अरुण चौधरी चौधरी ग्रुपका एक सदस्य तथा सिजी होल्डिङका प्रबन्ध निर्देशक र अजित नारायणसिंह थापा छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष हुन् ।