चर्चित समाचार
  • एभरेष्ट बैङ्क र धनगढी नेत्रालयबिच सम्झौता, बैङ्कका ग्राहकहरूलाई विशेष छुट

    एभरेष्ट बैङ्क र धनगढी नेत्रालयबिच सम्झौता, बैङ्कका ग्राहकहरूलाई विशेष छुट

    मंगलवार, माघ २३ २०८०
    मंगलवार, माघ २३ २०८०
  • एभरेष्ट बैङ्क र धनगढी नेत्रालयबिच सम्झौता, बैङ्कका ग्राहकहरूलाई विशेष छुट

    काठमाडौँ / एभरेष्ट बैङ्क लिमिटेड र धनगढी नेत्रालय प्रा.लि., धनगढी कैलालीबिच बैङ्कका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । योसँगै बैङ्कका सम्पूर्ण ग्राहकहरूले उक्त नेत्रालयको विभिन्न सेवामा १० प्रतिशतसम्मको आकर्षक छुट पाउने छन् । 

    बैङ्कका वरिष्ठ प्रबन्धक सतिश प्रताप सिंह र नेत्रालयका मेडिकल डाइरेक्टर डा.रविधर भण्डारीद्घारा हस्ताक्षरित उक्त सम्झौता लागू भएसँगै बैङ्कका सम्पूर्ण ग्राहकहरू, कार्ड प्रयोगकर्ताहरू साथै कर्मचारीहरू तथा तिनका पारिवारिक सदस्यहरूले उक्त अस्पतालबाट ओपिडी तथा आईपिडी र चश्मा तथा फ्रेममामा १० प्रतिशतसम्म छुट पाउनेछन् । 

    साथै फार्मेसी तथा सर्जरीमा सेवामा ५ प्रतिशतसम्मको विशेष छुटको लाभ लिन सक्नेछन् । बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र नेत्रालयका अध्यक्ष गजेन्द्र बहादुर चन्दको उपस्थितिमा हस्ताक्षरित उक्त समारोहमा बैङ्कका सुदुरपश्चिम प्रदेशका प्रादेशिक प्रबन्धक उज्वल कुमार पोखरेलको समेत उपस्थिति रहेको थियो । 

    स्थापना कालदेखि नै ग्राहकहरूको पहिलो रोजाइको यस बैङ्कमा हालसम्म १४ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरू रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १२८ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६४ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैङ्किङ्ग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैङ्कले नेपाल सरकारको राजस्व सङ्कलनको लागि ३२ वटा सङ्कलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार