images
images

होण्डाले ल्यायो १२५ सीसीको मोटरसाइकल 'SP125', प्रारम्भिक मूल्य कति ?

होण्डाले ल्यायो १२५ सीसीको मोटरसाइकल 'SP125', प्रारम्भिक मूल्य कति ?

मंगलवार, माघ २३ २०८०
मंगलवार, माघ २३ २०८०
  • होण्डाले ल्यायो १२५ सीसीको मोटरसाइकल 'SP125', प्रारम्भिक मूल्य कति ?

    काठमाडौँ / लोकप्रिय होण्डा ब्राण्डले बिभिन्न अत्याधुनिक प्रबिधीहरू थप गरि SP 125 BSVI बजारमा ल्याएको छ । हर्स पावर १२५ सीसी रहेको सो मोटरसाइकल BSVI प्रबिधियुक्त रहेको छ । 

    images
    images

    यसले ग्राहकको दैनिकीलाई अझ बढी सहज, बिश्वसनिय तथा भरोसायुक्त बनाउन सफल हुनेमा होण्डाको लागि नेपालका आधिकारिक बिक्रेता स्याकार टेडिङ्ग कम्पनी प्रा.लि.ले लिएको छ ।

    सो मोटरसाइकलमा रहेको बिषेश किसिमको चक्का तथा आर्कषक डिजिटल मिटरले चालकलाई गज्जबको अनुभव दिने कम्पनीको दावी छ । साथै, आधुनिक प्रबिधीको एसिजी स्टार्टटरले सवारीबाट निस्कने झर्को आवाजलाई सुक्ष्म मधुर आवाजमा रूपान्तरित गरिदिने हुँदा यात्रा अवधिभर चालकको मनोभावना प्रफुल्लित र सकारात्मक हुन जान्छ । 

    हृण्डलमै रहेको इन्जिन स्टार्ट स्टप स्वीचले चालकको यात्रा सहजपुर्ण बनाउनुको साथै सवारीमा प्रयोग भएको गुणस्तरिय एलइडी हेडलाईटले जुनसुकै मौसम तथा परिस्थीतिमा ग्राहकहरुलाई सुरक्षाको प्रत्याभुति दिनेमा कम्पनी बिश्वस्त छ । 

    ग्राहकको चाहना अनुसारको आर्कषक डिजाइन तथा रङ्गहरुमा उपलब्ध होण्डाको एसपि १२५ले युवा ग्राहकहरुका साथै पेशागत ब्यस्त दैनिकी भएका  ग्राहकहरुलाई समेत आर्कषित गर्न सफल हुनेमा कम्पनी बिश्वस्त रहेको छ ।

    नजिकको होण्डा शोरुम वा होण्डा नेपालको आधिकारिक वेवसाइटमा गई उपलब्ध क्यूआर कोड स्क्यान गरि सीमित अवधिको लागि मात्र २ लाख ७८ हजार ९ सयको प्रारम्भिक मूल्यमा एसपि १२५ खरिद या बुकिङ्ग गर्न सकिने सहज सुबिधाको ब्यबस्था गरिएको कम्पनीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार