चर्चित समाचार
  • नवनियूक्त सीईओ दिपेश लम्साल : बैंकिङ क्षेत्रको २८ वर्ष लामो अनुभव, १५ वर्षदेखि महालक्ष्मी विकास बैंकमै कार्यरत

    नवनियूक्त सीईओ दिपेश लम्साल : बैंकिङ क्षेत्रको २८ वर्ष लामो अनुभव, १५ वर्षदेखि महालक्ष्मी विकास बैंकमै कार्यरत

    बिहिवार, माघ २५ २०८०
    बिहिवार, माघ २५ २०८०
  • नवनियूक्त सीईओ दिपेश लम्साल : बैंकिङ क्षेत्रको २८ वर्ष लामो अनुभव, १५ वर्षदेखि महालक्ष्मी विकास बैंकमै कार्यरत

    काठमाडौं महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दिपेश लम्साल नियुक्त भएका छन् ।

     
    १५ वर्षदेखि यसै बैंकमा कार्यरत लम्सालसँग बैंकिङ क्षेत्रको २८ वर्ष लामो अनुभव छ । यसबीचमा उनले विभिन्न वाणिज्य र विकास बैंकको उच्च व्यवस्थापन तहमा रहेर काम गरेका छन् । 

    बैंक परिवारले मंगलवार दरबारमार्गस्थित केन्द्रीय कार्यालयमा नवनियुक्त सीईओ लम्साललाई स्वागत गरेको थियो ।  नजिकका जानकारहरुका अनुसार उनी बैंक सम्हाल्न सक्ने उत्कृष्ट क्षमता भएका व्यक्ति मानिन्छन् । यहि बैंककमा लामोसमय देखि कार्यरत भएको कारण पनि सीइओ लम्साललाई महालक्ष्मी बैंक हाँक्न सहज हुने आकलन गर्न सकिन्छ । 

     यहि माघ २३ गते सम्पन्न बैंक सञ्चालक समितिको ५८५ औं बैठकले लम्साललाई माघ २४ गतेबाट लागू हुने गरी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो ।

     
    उनले दुईपटक कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा महालक्ष्मी विकास बैंकको नेतृत्व गरिसकेका छन्  बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत लम्साल पछिल्लो समय तत्कालीन प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाको राजीनामापछि गत माघ १ गतेदेखि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा  थिए । 

    यसअघि २०७७ सालमा पनि लम्सालले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा सफलतापूर्वक बैंकको नेतृत्व  गरेका छन् 
     
     २८ वर्षको अुनभव, १५ वर्षदेखि महालक्ष्मी विकास बैंकमै कार्यरत

    १५ वर्षदेखि यसै बैंकमा कार्यरत लम्सालसँग बैंकिङ क्षेत्रको २८ वर्ष लामो अनुभव छ । यसबीचमा उनले विभिन्न वाणिज्य र विकास बैंकको उच्च व्यवस्थापन तहमा रहेर काम गरेका छन् । 

    बैंक परिवारले मंगलवार दरबारमार्गस्थित केन्द्रीय कार्यालयमा नवनियुक्त सीईओ लम्साललाई स्वागत गरेको थियो । 

    सो अवसरमा सीईओ लम्सालले बैंकप्रतिको जनविश्वासलाई अझ बलियो बनाउादै गुणस्तरीय सेवा प्रदान गर्न सधैं तत्पर रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।  उनले बैंकको लक्ष्य र उद्देश्य प्राप्तिका लागि प्रयत्नशील रहन कर्मचारीहरुलाई आग्रह पनि गरे । 

    नवनियुक्त सिईओ लम्सालले केन्द्रीय बैंकको नीति, नियमको अनुपालना गर्दै सम्पूर्ण ग्राहक, सेयरधनी तथा कर्मचारीको हितमा काम गर्ने बताए । 

    ‘ग्राहकलाई गुणस्तरीय सेवा र सेयरधनीलाई उच्च प्रतिफल’ अवधारणालाई केन्द्रबिन्दुमा राख्ने प्रतिबद्धता पनि  उनले ब्यक्त गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार