images
images

कामना सेवा विकास बैङ्क र भिगोर सुपर स्पेसिलिटी क्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टरबीच सम्झौता

कामना सेवा विकास बैङ्क र भिगोर सुपर स्पेसिलिटी क्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टरबीच सम्झौता

शुक्रवार, माघ २६ २०८०
शुक्रवार, माघ २६ २०८०
  • कामना सेवा विकास बैङ्क र भिगोर सुपर स्पेसिलिटी क्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टरबीच सम्झौता

    काठमाडौँ / कामना सेवा विकास बैङ्कले महाराजगञ्ज, काठमाडौँस्थित भिगोर सुपर स्पेसिलिटी क्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टरसँग सेवा शुल्क छुट सम्बन्धि सम्झौता गरेको छ । सो सम्झौता अन्तर्गत बैङ्कका कर्मचारी र ग्राहकहरूले अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरूमा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । 

    स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिहरूसम्म पु-याउने उद्देश्यले स्थापित उक्त भिगोर सुपर स्पेसियालिटी क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टर प्रा.लि.मा कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकहरूले आफ्नो बैङ्कसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । 

    उक्त सम्झौताबाट बैङ्कसँग आबद्ध सम्पूर्ण ग्राहकहरूले विशेष लाभ लिने बैङ्कले विश्वास लिएको छ । हाल बैङ्कले आफ्ना १३५ सञ्जालहरू तथा ७७ एटिएम तथा विभिन्न शाखारहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरू प्रदान गरी रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार