images
images

बुधबारको राशिफल : तपाईँको आजको दिन कति शुभ कति अशुभ ? हेर्नुस्

बुधबारको राशिफल : तपाईँको आजको दिन कति शुभ कति अशुभ ? हेर्नुस्

बुधवार, फागुन २१ २०८१
बुधवार, फागुन २१ २०८१
  • images
    images
    बुधबारको राशिफल : तपाईँको आजको दिन कति शुभ कति अशुभ ? हेर्नुस्
    images
    images

    आज विक्रम संवत २०८१ साल फाल्गुन २१ गते,  बुधबार । ईश्वी सन् २०२५ मार्च ५ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । फाल्गुन शुक्लपक्ष । षष्ठी तिथि, २८ घडी १ पला, बेलुकी ५ बजेर ३९ मिनेट उप्रान्त सप्तमी तिथि। भरुणी नक्षत्र, २ घडी २ पला, बिहान ७ बजेर १५ मिनेट उप्रान्त कृतिका । ऐन्द्र योग, ० घडी २७ पला, बिहान ६ बजेर ३७ मिनेट उप्रान्त वैधृती । करण–कौलव, बिहान ६ बजेर ४७ मिनेट उप्रान्त तैतिल, बेलुकी ५ बजेर ३९ मिनेट उप्रान्त गर । आनन्दादिमा–काण योग । चन्द्रराशि–मेष, मध्यान्ह १२ बजेर ५२ मिनेट उप्रान्त बृष । 

    images
    images

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    व्यापार व्यवसायमा सोचविचार गरेर मात्रै निर्णय लिनुहोला । प्रतिष्ठित काम गर्ने अवसर छ । आयस्रोत सामान्य रहनेछ । नोकरीको अवसर छ । पेशा व्यवसाय र नोकरीमा  प्रशंसा होला । शुभचिन्तकहरूको साथ र सहयोगले रोकिएको काम बन्नेछ । व्यापार तथा सेयरबजारमा फाइदाको योग छ । बोलीको प्रभावले महत्त्वपूर्ण काम सम्पादन हुनेछ । 

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    कार्यक्षेत्रमा जिम्मेवारी बढ्नेछ। सेवामूलक कामबाट नाम र दाम कमाउन सकिनेछ । व्यापार व्यवसायबाट भनेजस्तो आम्दानी हुने हुँदा आर्थिक अवस्था सुदृड हुनेछ । वित्तीय बजारमा आज गरिने लगानीबाट नाफा कमाउन सकिनेछ । आकस्मिक खर्चले आर्थिक सङ्कट निम्त्याउन सक्छ ।  लगानी बढाउनुपरे पनि दिगो फाइदा हुने काम बन्ने समय छ । 

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    श्रमको उचित मूल्याङ्कन मिल्नेछ। व्यापार व्यवसायमा फड्को मार्न सकिनेछ। बिहानको समयमा बैंक तथा वित्तीय क्षेत्रमा गरिएको लगानीले फाइदा दिलाउन सक्नेछ । अवसर प्राप्त भए पनि फाइदाको लागि अलिक बढी मेहनेत गर्नुपर्नेछ । महेनतले आम्दानीको दायरा बढाउन सकिनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । मेहनतले नियमित काम सम्पादन हुनेछ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    दिगो लाभ हुने कार्य प्रारम्भ होला । व्यापार, उद्योग तथा सेयरबजारमा लगानी गरी आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । सवारी साधन तथा अन्य भौतिक सम्पत्तिबाट लाभ मिल्नेछ । आकांक्षा पूरा हुने समय छ । रोकिएका काम बन्ने र नयाँ काम गर्ने अवसर छ । प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनेछ । साझेदारी र सट्टापट्टामा पनि मनग्य लाभ मिल्नेछ । 

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    संवेदनशील निर्णयहरूमा अनुभवीहरू सल्लाह लिनुहोला । कृषि तथा पशुपालन व्यवसाय फस्टाउने समय छ । अवसरको सदुपयोग गरेर व्यवसायलाई बढाउन सकिनेछ । कार्यक्षेत्रमा तपाईंको कामको उच्च सम्मान गरिनेछ । विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    प्रशासनिक क्षेत्रको काम ढिलोगरी सम्पादन हुनेछ । खर्च बढ्ने समय छ । व्यापार तथा सेयरबजारमा लगानी बढाई प्रशस्त नाफा कमाउने समय रहेको छ। व्यापार व्यवसायमा मनग्य लाभ मिल्नेछ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। अवसरका लागि दौडधुप गर्नुपर्ला। प्रयत्न गर्दा नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ। 

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    एकल तथा साझेदारी व्यापार व्यवसायमा लगानी गरी प्रशस्त नाफा कमाउन सकिनेछ । व्यवसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ। मध्यान्हबाट समय मध्यम छ । सौखले खर्च बढाउनेछ भने आम्दानी कम हुँदा आर्थिक सङ्कट निम्तिनेछ । दिउँसोदेखि भने सानातिना समस्यामै अल्झनुपर्ने देखिन्छ। श्रमको उचित प्रतिफल प्राप्त नहुन सक्छ । 

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    वैदेशिक रोजगारमा सफलता मिल्नेछ। सवारी साधनमा धन खर्चको योग छ। आफ्नै क्षमताले व्यापार वा सेयर बजारमा लगानी गरी मननग्य आम्दानी गर्न सकिनेछ । पेसा–व्यवसायमा फाइदा हुनेछ। भौतक सम्पत्तिको प्रयोगले अरुलाई आकर्षित गर्न सकिन्छ । स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम बन्नेछ । हिम्मतले जटिल काम सहजै सम्पादन गर्न सकिनेछ । 

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    चिताएको कार्य समयमा सम्पादन हुनाले मन प्रसन्न रहनेछ। प्रतिष्ठित कार्य गर्ने समय रहेको छ। समयको सदुपयोग गर्न नसक्दा पछि परिनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ । रचनात्मक काममा फाइदा मिल्नेछ । आम्दानीको नयाँ स्रोत फेला पर्नेछ। पुराना समस्याहरुबाट छुट्करा पाइनेछ ।  रकम तथा आर्थिक स्रोतहरू जुट्ने हुनाले व्यापार वा सेयरमा लगानी गर्न सकिनेछ । 

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    व्यापार विस्तारको लागि नयाँ योजनाहरू बन्नेछन्। दिगो योजना प्रारम्भ गर्नको लागि चुनौतिपूर्ण निर्णय गर्नुपर्ला । नोकरी वा पेशामा विशिष्ट व्यक्तिहरूबाट सम्मान पाइनेछ। सवारी साधनको खरिद बिक्रीबाट आम्दानी गर्न सकिनेछ । शिक्षा क्षेत्रमा गरिएको लगानीबाट मनग्गे लाभ हुनेछ । आकस्मिक धन तथा सम्पत्ति लाभ हुने योग छ । मनपर्ने वस्तु उपहारमा प्राप्त हुनसक्छ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    कार्यक्षेत्रमा शुभचिन्तकहरूको सहयोग मिल्नेछ। सवारी साधन र सेयर बजारमा लगानी गर्दा प्रशस्त फाइदा हुनेछ । कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा फाइदा हुनेछ। उपलब्धिका लागि काम दोहोर्याउनुपर्ला। सानो प्रयत्नले महत्त्वपूर्ण काम बन्नेछ । 

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    अरुको मन लोभ्याउने काम सम्पादन हुनेछ । मनग्य फाइदा हुने काम सम्पन्न हुनेछ । बुद्धिको उपयोगले धन तथा भौतिक सम्पत्ति लाभ हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। चिताएको काम प्रारम्भ गर्न सकिनेछ। व्यवसायमा मनग्य लाभ हुनेछ। भौतिक सुविधाका लागि धन खर्च हुने योग छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार