images
images

महानगरको नीतिविरुद्ध बोल्यो कवाड व्यवसायी समाज, निर्वाध व्यवसाय सञ्चालनको लागि आग्रह

महानगरको नीतिविरुद्ध बोल्यो कवाड व्यवसायी समाज, निर्वाध व्यवसाय सञ्चालनको लागि आग्रह

सोमवार, माघ २९ २०८०
सोमवार, माघ २९ २०८०
  • महानगरको नीतिविरुद्ध बोल्यो कवाड व्यवसायी समाज, निर्वाध व्यवसाय सञ्चालनको लागि आग्रह

    काठमाडौँ / कवाड व्यवसायी समाजले काठमाडौँ महानगरपालिकाभित्र दर्ता भई व्यवसाय गर्दै आएका कवाडी व्यवसायीलाई व्यवसाय हटाउन भन्दै वडा कार्यालयबाट पत्र पठाएको भन्दै आपत्ति जनाएको छ । हिजो (आइतबार) विज्ञप्ती जारी गर्दै अध्यक्ष रामकेवल गुप्ताले महानगरपालिकाभित्रका विभिन्न वडा कार्यालयहरूले कवाडी व्यवसायदर्ता नविकरण नगरिदिएको र व्यवसाय हटाउन भन्दै पत्रचार गरेको बताएका हुन् ।  

    "महानगरका विभिन्न वडा कार्यालयहरूवाट कवाडी हटाउने सम्बन्धमा पत्रहरू प्राप्त भएको हुँदा यस विषयमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । काठमाडौं महानगरपालिकाको रिङरोड भित्रका कवाडी व्यवसाय हटाउने नीतिका विरुद्ध र यस महानगरपालिका भित्रका विभिन्न वडा कार्यालयहरूले कवाडी व्यवसायदर्ता नविकरण नगरिरहेको विषयमा हाम्रो घोर आपत्ती रहेको छ,"-विज्ञप्तिमा भनिएको छ ।

    आफूहरूले प्रचलित कानुनबमोजिम दर्ता भएर सरकारलाई तिर्नुपर्ने कर तिर्दै आएको र कानुनबमोजिम दर्ता रही वैधानिक तवरले व्यवसाय गर्दै आएका व्यवसायीलाई निर्वाध रूपमा व्यवसाय संचालन गर्न दिन उन अध्यक्ष गुप्ताले अनुरोध गरेका छन् ।

    कवाडी व्यवसायीले वातावरण प्रदुषण गरेको, फोहर गरेको भन्ने कुरा सरासर गलत भएको र कवाडी व्यवसायीले बरु फोहर सङ्कलन गरेर वातावरण सफा राख्न सहयोग गरेको कवाड व्यवसायी समाजको दाबी छ । कवाडी व्यवसाय हटाउदा लाखौँ मानिसको रोजगारी गुम्ने र सरकारको राजस्व संकलनमा समेत प्रत्यक्ष असर पर्ने विज्ञप्तिमा उल्लेख छ ।

    कवाड व्यवसायी समाजले देशमा सञ्चालित उद्योगहरूलाई चाहिने पुनः प्रयोग गर्न मिल्ने सामग्रीको ७० प्रतिशत समानको कवाडी व्यवसायीले सप्लाइ गरिरहेको दाबी गरेको छ । कवाडी व्यवसायीलाई हटाउदा उक्त समान बाहिरबाट आयात गर्नुपर्ने भएकाले सरकारको व्यापार घाटा बढ्ने भन्दै विज्ञप्तिमार्फत सचेत गराइएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार