images
images

इभी नेपालको भ्यालेन्टाइन स्किम : कार किन्दा हार र स्टकुटर किन्दा औँठी उपहार,  वारेन्टी, फाइनान्सदेखि एक्सचेन्जसम्मको सुविधा

इभी नेपालको भ्यालेन्टाइन स्किम : कार किन्दा हार र स्टकुटर किन्दा औँठी उपहार,  वारेन्टी, फाइनान्सदेखि एक्सचेन्जसम्मको सुविधा

मंगलवार, फागुन १ २०८०
मंगलवार, फागुन १ २०८०
  • इभी नेपालको भ्यालेन्टाइन स्किम : कार किन्दा हार र स्टकुटर किन्दा औँठी उपहार,  वारेन्टी, फाइनान्सदेखि एक्सचेन्जसम्मको सुविधा

    काठमाडौँ / बज्र ग्रुपको अटोमोबाइल्सअन्तर्गत इभी नेपाल मोटर्स प्रा.लि.ले भ्यालेन्टाइन स्किम लागु गरेको छ । फागुन २ गते भ्यालेन्टाइन डेका अवसरमा नेपाली बजारमा ३१ बर्षदेखि व्यापार गर्दै आइरहेको बज्र ग्रुप अन्तर्गतको इभी नेपालले भ्यालेन्टाइन स्किम लागु गरेको हो । उक्त स्किमअन्तर्गत वुलिंग कार किन्दा सुनको हार र लेभ्निंग स्कुटर किन्दा ग्राहकले हिराको औँठी उपहार पाउनेछन् । यो स्किम निश्चित समयका लागि मात्रै लागु गरिएको कम्पनीले जनाएको छ । 

    images
    images

    वुलिंग गाडी २०० किमि र ३०० किमीमा उपलब्ध छ भने कार  किन्नका लागि नक्साल तथा भैसेपाटी सोरुम जान सकिने कम्पनीले जानकारी दिएको छ । गाडी खरिदमा ८ बर्ष वारेन्टी, फाइनान्स र एक्सचेन्जको सुबिधा पनि उपलब्ध रहेको छ । लेभ्निंग स्कुटर नेपालको प्रमुख सहरहरूमा उपलब्ध छ भने यो स्कुटर १२ ओटा फरक मोडलमा पाइन्छ । 

    कम्पनीले बजारमा ल्याएको यो स्कुटर कलेजका विद्यार्थी, कर्मचारी, हाकिम, कृषक तथा अपाङ्ग सबैलाई हुने खालको प्रोडक्ट उपलब्ध रहेको कम्पनीले जनाएको छ । लेभ्लिंग इ स्कुटरको मूल्य १ लाख १५ हजारदेखि सुरु छ भने दुई बर्षको वारेन्टी साथै फाइनान्स र एक्सचेन्ज पनि उपलब्ध छ । 

    कम्पनीले नेपालभरी डेलिभरी को व्यवस्थासँगै सर्भिस र पार्ट्स पनि सजिलै उपलब्ध गराएको छ ।  बज्र ग्रुपले सेनेटरीका आइटम, बाथरुम फिटिंग, अपार्टमेन्ट, मास्क, अटोमोबाइल बिक्री गर्दै आइरहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार