images
images

हेटौँडा काठमाडौँ रुटमा थपिए ३० विद्युतीय माइक्रो, शशीला मोटर्सले गर्यो हस्तान्तरण

हेटौँडा काठमाडौँ रुटमा थपिए ३० विद्युतीय माइक्रो, शशीला मोटर्सले गर्यो हस्तान्तरण

मंगलवार, माघ २२ २०८१
मंगलवार, माघ २२ २०८१
  • हेटौँडा काठमाडौँ रुटमा थपिए ३० विद्युतीय माइक्रो, शशीला मोटर्सले गर्यो हस्तान्तरण
    images
    images

    काठमाडौँ / बाराको पथलैया, चितवनको ठोरी र मकवानपुरको हेटौँडाबाट काठमाडौँसम्म चल्ने गरि ३० वटा विद्युतीय माइक्रो भ्यान सञ्चालनमा आएका छन् ।

    यातायात ब्यवसायीहरुको समूह राष्ट्रिय स्वतन्त्र मल्टिप्रपोज व्यवासायी प्रालिलाई शशीला मोटर्सले ३० वटा किटोन ब्राण्डका १४ सिट क्षमताका इभी माइक्रो भ्यान हस्तान्तरण गरेको हो ।

    बाराको पथलैयामा आयोजित समारोहमा गाडी हस्तानन्तरण गर्दै शशीला मोटर्स प्रालिका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले बिक्री पछिको सर्भिसलाई सहज बनाउनु आफ्नो प्राथमिकतामा रहेको बताए ।

    खतिवडाले विद्युतीय सवारी वातावरणमैत्री मात्र नभएर यात्रु र व्यवसायीमैत्री पनि रहेको भन्दै ब्यवसायीहरूलाई आवश्यक सहयोग गर्न तत्पर रहेको प्रतिवद्धता पनि व्यक्त गरे । 

    सो अवसरमा सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले अहिलेको समयमा विद्युतीय गाडी निर्विकल्प रहेको भन्दै व्यवसायीहरूलाई सफलताको शुभकामना दिए । 

    Micro van.JPGउनले भने, “इभी गाडीहरूले देशको ऊर्जा प्रणालीलाई अझ प्रभावकारी बनाउने र पर्यावरणमैत्री यातायातलाई प्रोत्साहित गर्नेछ, जुन देशको आवश्यकता हो ।’’

    आजैदेखि सेवाको सुरुवात भएको जानकारी दिँदै व्वसायीहरूले यात्रुहरूको सुविधा र गुणस्तरीय सेवा प्राथमिकतामा रहेको बताए । इन्धन खर्च बचत हुनाले विद्युतीय गाडी दीर्घकालीन रूपमा व्यवसायीको हितमा रहने उनीहरूको विश्वास थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार