चर्चित समाचार
  • नेप्सेमा सूचीकृत कम्पनीहरुको वर्गिकरण, ३१ कम्पनी ‘ए’ वर्गमा, अन्य कुन–कुन समुहमा ? (सूचीसहित)

    नेप्सेमा सूचीकृत कम्पनीहरुको वर्गिकरण, ३१ कम्पनी ‘ए’ वर्गमा, अन्य कुन–कुन समुहमा ? (सूचीसहित)

    शुक्रवार, फागुन ४ २०८०
    शुक्रवार, फागुन ४ २०८०
  • नेप्सेमा सूचीकृत कम्पनीहरुको वर्गिकरण, ३१ कम्पनी ‘ए’ वर्गमा, अन्य कुन–कुन समुहमा ? (सूचीसहित)

    काठमाडौँ / नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले सूचीकृत कम्पनीहरुको नयाँ वर्गीकरण गरेको छ । नेप्सेले सूचीकृत २७१ कम्पनीहरुलाई ए, बी, जी र जेड गरी ४ वर्गमा वर्गीकरण गरेको हो । 

    आर्थिक वर्ष २०८०/८१ पुस मसान्तसम्म अद्यावधिक विवरणअनुसार कम्पनीहरु वर्गीकरण गरेको नेप्सेले स्पष्ट पारेको छ ।  नेप्सेको वर्गिकरण अनुसार १९ वाणिज्य बैंकहरु मध्ये ८ वटा ए मा, ७ वटा बी मा र ४ वटा जेड समूहमा वर्गिकृत भएका छन् ।

    चुक्ता पूँजी कम्तीमा १ अर्ब रहेको, सूचीकरण भएको कम्तीमा ३ वर्ष पूरा भएको, विगत ३ आर्थिक वर्ष लगातार नाफामा रही लाभांश वितरण गरेको, आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वार्षिक साधारणसभा गरेको जस्ता शर्तहरु पूरा गर्ने कम्पनीहरु ए वर्गमा पर्ने गर्छन् । समग्रमा उत्कृष्ट सुशासन भएका कम्पनी ‘ए’ समूहभित्र पर्दछन् । सो ‘ए’ वर्गभित्र ३१ वटा कम्पनी परेका छन् ।

    त्यस्तै चूक्ता पूँजी कम्तीमा ५० करोड भएका, सूचीकरण भएको ३ वर्ष पूरा भएको, विगत तीन आर्थिक वर्षमध्ये दुई आर्थिक वर्ष नाफा गरेको, संचित नोक्सानी नरहेको, आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र साधारणसभा गरेको जस्ता शर्त पूरा गरेका कम्पनी बी समूहभित्र पर्दछन् । यस समूहभित्र नेप्सेले ३५ वटा कम्पनीलाई राखेको छ ।

    त्यस्तै सूचीकृत भएको २ वर्ष पनि पूरा नभएका कम्पनी जी समूहमा पर्दछन् भने अघिल्ला ३ समूहमा नपरेका सबै कम्पनी जेड समूहमा पर्दछन् । जी समूहमा ७० र जेड समूहमा १३५ कम्पनीहरु परेका छन् ।

    यस्तै, सार्वजनिक गरिएको वर्गीकरणमा परेको संगठित संस्थाले उल्लेखित समूहमा पर्नु नपर्ने कारणसहित ३५ दिनभित्र दाबी गर्न सक्ने नेप्सेले जनाएको छ।

    वर्गीकृत कम्पनीहरूको सूचीः

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार