images
images

अर्थतन्त्र : बाह्य क्षेत्रमा सुधार तर आन्तरिक क्षेत्रमा समस्या, कहाँ भयो कमजोरी ?

अर्थतन्त्र : बाह्य क्षेत्रमा सुधार तर आन्तरिक क्षेत्रमा समस्या, कहाँ भयो कमजोरी ?

आइतवार, फागुन ६ २०८०
आइतवार, फागुन ६ २०८०
  • images
    images
    अर्थतन्त्र : बाह्य क्षेत्रमा सुधार तर आन्तरिक क्षेत्रमा समस्या, कहाँ भयो कमजोरी ?

    काठमाडौँ / नेपालको अर्थतन्त्र बाह्य क्षेत्रमा सुधार भएको जस्तो देखिए पनि आन्तरिक क्षेत्रमा सुधार हुन नसक्दा समस्या कायमै रहेको विज्ञहरूले बताएका छन् ।

    images
    images

    महिला आर्थिक पत्रकार संघको आयोजना र नविल बैङ्कको सहआयोजनामा भएको एक कार्यक्रममा विज्ञहरूले यस्तो बताएका हुन् । 

    विदेशी मुद्रा सञ्चिती, रेमिट्यान्स लगायत बाह्य क्षेत्र सुधार हुँदा पनि अर्थतन्त्र चलायमान हुन नसकेको भन्दै उनीहरूले सरकारको वित्त व्यवस्थापनमासमेत प्रश्न उठाएका छन् । 

    अर्थतन्त्रमा पर्याप्त सुधारको आवश्यकता रहेको अर्थविद् प्रा.डा शिवराज अधिकारीले अब बाह्य क्षेत्र मात्र सहज छ भनेर ढुक्क हुने अवस्था नभएको बताए । 

    उनले भने, “बाह्य क्षेत्र ठिक ठाक छ भनेका छौ तर खै त अर्थतन्त्र चलायमान भएको ? अर्थतन्त्रले अब रिफर्म खोजिरहेको छ ।” 

    त्यस्तै, नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले बाह्य क्षेत्र राम्रो भएपनि आन्तरिक क्षेत्रमा अझै समस्या रहेको सही भएको बताए । 

    यद्यपि, दुई वर्ष अघि भन्दा अहिले केही सुधार भएको पाटोलाई भन्ने भुल्न नहुने उनको भनाइ छ । 

    आन्तरिक मागमा कमी आउँदा अर्थतन्त्र गतिशिल हुन नसकेको श्रेष्ठको भनाइ छ ।

    उनले भने, “सरकारको वित्त व्यवस्थापनमा कमजोरी भइरहेको छ । वित्तीय नीति ७६१ वटा र मौद्रिक नीति एउटा मात्र छ । मौद्रिक नीतिले धेरै सम्बोधन गरेको छ अब वित्तिय नीतिले पनि बुझेर आफ्नो भुमिका निर्वाह गर्नुपर्छ ।”

    साथै, उनले मौद्रिक नीतिले गेयर परिवर्तन गरिसकेको जिकिर गरे । त्यसैगरी, नेपाल बैङ्कर्स एसोशिएसनका अध्यक्ष सुनिल केसीले नेपाली बैङ्कहरुले ट्याकल गर्नै नसक्ने अवस्थाबाट बाहिर आइसकेको बताए ।

    तरलताको हिसाबले नेपाली बैंक सबैभन्दा उत्तम अवस्थामा रहेको केसीको भनाइ छ ।

    उनले भने, “बैङ्कहरूले ४० वर्षको अवधिमा अधिकांश समय केही न केही चुनौतीको सामना गरिरहनु पर्यो । तैपनि बैङ्किङ क्षेत्रले गरेको वित्तीय समावेशिताको योगदान उच्च छ । विश्वका शक्तिशाली बैङ्कहरूमा नकारात्मक संकेत देखिरहेको छ । नेपालका बैङ्कहरू सहज अवस्थामा छन् ।” 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार