images
images

यूनाइटेड अजोड इन्स्योरेन्सको ३० औँ बार्षिक साधारण सभा सम्पन्न, लाभांशसहित यी प्रस्तावहरू पारित

यूनाइटेड अजोड इन्स्योरेन्सको ३० औँ बार्षिक साधारण सभा सम्पन्न, लाभांशसहित यी प्रस्तावहरू पारित

सोमवार, फागुन ७ २०८०
सोमवार, फागुन ७ २०८०
  • यूनाइटेड अजोड इन्स्योरेन्सको ३० औँ बार्षिक साधारण सभा सम्पन्न, लाभांशसहित यी प्रस्तावहरू पारित

    काठमाडौँ / यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडकोे ३० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

    images
    images

    कम्पनीको ३० औा बार्षिक साधारण सभा अर्थात मर्जरपछिको पहिलो साधारण सभा फाल्गुन ६ गते अनमोल ब्याङ्गकेट, शंखमुल काठमाडौँमा सम्पन्न भएको हो । 

    साविकको यूनाइटेड इन्स्योरेन्स कं.(नेपाल) लि. र साविकको अजोड इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभिए (मर्जर) पश्चात संयुक्त रुपमा यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको नामबाट गत जेठ १४ गतेबाट एकीकृत कारोबार भएको थियो । मर्जर पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ९० करोड ४५ लाख ६८ हजार कायम भएको थियो । 

    सभामा संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९÷८० को साविक अजोड इन्स्योरेन्स लिमिटेड साथै यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०८० साल आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरियो । आर्थिक वर्ष २०८०÷८१ का लागी बाह्य लेखापरीक्षक श्री जे.बि. राजभण्डारी एण्ड दिबिन्स, चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्त गरियो । 

    कम्पनीको हाल कायम चुक्ता पुँजीको १०.२६१२ प्रतिशतले हुन आउने रकम रु.१९ करोड ५४ लाख ३२ हजार रुपैयाँ र कर प्रयोजनका लागि नगद लाभांश ०.५४०१ प्रतिशतका दरले हुने रकम १ करोड २ लाख ८५ हजार ८९४.७४ रुपैयाँ नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने तथा सोहि बमोजिम प्रबन्धपत्र नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय गरेको छ । 

    यसैगरी नियमावलीमा संचालकको संख्या र कार्यकाल र नियुक्ती सम्बन्धमा आवश्यक संशोधन गर्न स्वीकृति प्रदान गरियो । साथै संचालक समितिको सदस्यहरुको निर्वाचन भई संस्थापक शेयरधनीतर्फ अजाद श्रेष्ठ, प्रणव कुमार दास (प्रतिनिधि श्री सि.जि.फुडस् नेपाल लि. को तर्फबाट) र बलराम खनाल (प्रतिनिधि चौधरी ग्रुप प्रा.लि.को तर्फबाट) निर्विरोध निर्वाचित भए भने सर्वसाधारण शेयरधनीतर्फ श्री पानु दत्त पौडेल र श्री शम्भु अधिकारी निर्विरोध रुपमा निर्वाचित भए । 

    साविकका दुबै कम्पनीको शाखा, उपशाखा कार्यालयहरुको मिलान तथा कर्मचारीहरुलाई समायोजन गरि प्रधान कार्यालय लगायत ६ वटा प्रादेशिक कार्यालय, ४१ वटा शाखा कार्यालयहरु, ४३ वटा उपशाखा कार्यालयहरु, ५ वटा बीमा काउण्टरहरु र ६ वटा तेश्रो पक्ष बीमा काउण्टरहरुबाट र ३६५ दिन प्रधान कार्यालयबाट कम्पनीले बीमा सेवा प्रदान गर्दै आएको ।

    चालु आ.व २०८०÷८१ को पौष मसान्त सम्ममा १३० करोड ६४ लाख ७६ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरी १३ करोड १८ लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । चालु आ.व २०८०÷८१ को पौष मसान्त सम्ममा कुल बीमालेख जारी संख्या १ लाख ५ हजार ९३३  र कुल दाबी भुक्तानी संख्या ४६५४ तथा कुल दाबी भुक्तानी ८१ करोड २८ लाख १७ हजार ५३४ गरेको कम्पनीले जनाएको छ । 

    बीमा सम्बन्धी प्राविधिक ज्ञान भएका दक्ष जनशक्ति कम्पनी भित्रबाट नै तयार गर्ने दिर्घकालिन उद्देश्यका साथ नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम कर्मचारी तालिम तथा विकासमा विशेष प्राथमिकता दिई प्रधान कार्यालय अन्तर्गत व्यवस्थापन तह तथा सम्बन्धित विभागबाट प्रादेशिक कार्यालय, शाखा तथा उपशाखा कार्यलयहरुमा भौतिक तथा विद्युतिय माध्यम (जुम)को उच्चतम प्रयोग गरी विभिन्न तालिम सेवा प्रदान गरी कर्मचारीहरुको दक्षता तथा क्षमता वृद्धि गर्ने कार्यलाई तीव्रता प्रदान गरेको ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार