images
Logo
images
images
images

यी हुन् माघ महिनामा सबैभन्दा धेरै घरजग्गा किनबेच भइरहेका मालपोत कार्यालय

यी हुन् माघ महिनामा सबैभन्दा धेरै घरजग्गा किनबेच भइरहेका मालपोत कार्यालय

बैंकहरूले कर्जाको ब्याजदर घटाउँदै लगेसँगै घरजग्गा कारोबार चलायमान हुन थालेको हो।

सोमवार, फागुन ७ २०८०
सोमवार, फागुन ७ २०८०
  • images
    images
    यी हुन् माघ महिनामा सबैभन्दा धेरै घरजग्गा किनबेच भइरहेका मालपोत कार्यालय

    काठमाडौँ / सरकारले गत जेठमा भूउपयोग नियमावली ल्याए यता ओरालो लागेको घरजग्गा कारोबार बढ्न थालेको छ । बैंकहरूले कर्जाको ब्याजदर घटाउँदै लगेसँगै घरजग्गा कारोबार चलायमान हुन थालेको हो।

    images
    images

    भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्क अनुसार चालु आर्थिक बर्ष २०८०/८१ को माघ महिनामा देशभरको मालपोत कार्यालयबाट ५० हजार नौ सय २१ घरजग्गाको लिखत पारित भएको छ । यो गत वर्षको सोही महिनाभन्दा २३ प्रतिशत बढी हो । गत वर्षको माघमा ४१ हजार ८६ घरजग्गाको लिखत पारित भएको भूमि व्यवस्थापन विभागको तथ्याङ्क छ । 

    यस्तै, चालू वर्षको पुसमा ४६ हजार ३० घरजग्गाको लिखत पारित भएको थियो । मंसिर महिनामा ४१ हजार आठ सय ५१ संख्यामा घरजग्गा कारोबार भएको थियो भने, कात्तिकमा २६ हजार ४६ संख्यामा घरजग्गा कारोबार भएको थियो।

    पछिल्लो समयमा घरजग्गा कारोबार निरन्तर उकालो लागेर राजस्व संकलन पनि बढेको छ । पुसमा तीन अर्ब २० करोड ५२ लाख मालपोत राजस्व संकलन भएकोमा माघमा तीन अर्ब ३७ करोड ५७ लाख पुगेको छ । 

    यी हुन् धेरै घरजग्गा किनबेच भएको मालपोतकार्यालय 

    माघ महिनामा सबैभन्दा धेरै घरजग्गाको लिखत पारित धनुषाको जनकपुरधाम मालपोत कार्यालय पहिलो बनेको छ । एक महिनामा जनकपुरबाट दुई हजार ९२ घरजग्गाको लिखत पारित भएको छ । 

    यस्तै, सुनसरीको इनरुवा मालपोतबाट दुई हजार ३२ घरजग्गाको लिखत पारित भएको छ भने झापाको भद्रपुरबाट १९ सय घरजग्गाको लिखत पारित भएको छ । त्यसैगरी, मोरङको बेलबारीबाट १६ सय ८३, सप्तरीको राजविराजबाट १४ सय, महोत्तरीको जलेश्वरबाट १२ सय ९२, सिराहाबाट ११ सय १३, सर्लाहीको मलंगवाबाट एक हजार ८०, पर्साबाट एक हजार ६७, बाराको कलैयाबाट एक हजार ३३ घरजग्गाको लिखत पारित भएको भूमि विभागले जनाएको छ ।

    यता, काठमाडौं उपत्यकाका तीन जिल्लामा रहेका नौ मालपोत कार्यालयबाट माघमा चार हजार एक सय ६५ घरजग्गाको लिखत पारित भएको छ । ललितपुरको लगनखेल मालपोतबाट नौ सय २७, गोटीखेलबाट ३१, भक्तपुरबाट नौ सय ९५, डिल्लीबजारबाट दुई सय पाँच, चाबहिलबाट चार सय ४७, कलंकीबाट ६ सय ६७, साँखुबाट चार सय आठ, मनमैजुबाट तीन सय नौ र टोखा मालपोतबाट एक सय ७६ घरजग्गाको लिखत पारित भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार