काठमाडौँ / फागुन ४ गते यता निरन्तर बृद्धि भएको सुनको मूल्यमा आज बिहीबार ब्रेक लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा बिहीबार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेको हो ।
यसअघि छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँ रहेकोमा आज घटेर १ लाख १८ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला प्रतितोला १ लाख १७ हजार ८ सय ५० रुपैयाँबाट घटेर १ लाख ४ सय ५० रुपैयाँमा झरेको छ ।
यता, चाँदी प्रतितोला १५ रुपैयाँले घटेको छ । यसअघि प्रतितोला १ हजार ४ सय १५ रुपैयाँ कायम भएको चाँदीलाई आज १ हजार ४ सय रुपैयाँ पर्नेछ ।